अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

लगानी समझदारीलाई अघि बढाउन उच्चस्तरीय अनुगमन समिति

बिआरटीनेपाल २०७६ वैशाख ५ गते १०:१० मा प्रकाशित

सरकारले लगानी सम्मेलनमा भएका समझदारीलाई तत्काल अघि बढाउन उच्चस्तरीय अनुगमन समिति बनाएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको लगानी बोर्ड बैठकले ‘नेपाल लगानी सम्मेलन २०१९’ मा भएका लगानी सम्बन्धि समझदारीलाई अघि बढाउन उच्च स्तरीय समिति बनाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सो लगानी सम्मेलन सफल भएको निष्कर्ष निकाल्दै त्यसलाई सफल बनाउन प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवको नेतृत्वको ५ सदस्यीय उच्च स्तरीय अनुगमन समिति बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिनुभयो । बोर्ड बैठकमा प्रधानमन्त्री ओलीले लगानी सम्मेलनमा आएको प्रतिवद्धता अनुकूल हुने गरी आवश्यक नीतिगत तथा कानुनी सुधारको काममा ढिलाई नगर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । गत चैत्र १५ र १६ गते लगानी सम्मेलन आयोजना गरिएको थियो ।

सोही सम्मेलनमा आएका प्रतिवद्धतालाई छिटो कार्यान्वयनमा लैजान प्रधानमन्त्री ओलीले मातहतका निकायलाई निर्देशन दिनु भएको पनि बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताउनुभयो । आगामी भदौं भित्र अन्तराष्ट्रिय सभारसम्मेलन गर्नका लागि भवन निर्माण गर्ने निर्णय पनि गरिएको छ । त्यसैगरी बोर्डको ३८ करोड बजेट तथा कार्यक्रम पनि पारित गरिएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया