अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

पाकिस्तानमा गुडिरहेको बसका १४ यात्रुको गोली हानी हत्या

बिआरटीनेपाल २०७६ वैशाख ५ गते १०:०५ मा प्रकाशित

पाकिस्तानमा गुडिरहेको बसका १४ जना यात्रुको गोली हानी हत्या गरिएको छ । बलूचिस्तान प्रान्तको ओरमारास्थित मकरान कोस्टल हाईवेमा हतियारधारीले ५÷६ वटा बसका यात्रुलाई ओरालेर गोली हानेको डाउन न्यूजले उल्लेख गरेको छ । उक्त घटनामा २ जनाले भने भागेर ज्यान जोगाएका छन् ।

अहिलेसम्म आक्रमणको जिम्मा भने कसैले लिएको छैन र प्रहरीले पनि आक्रमणकारीलाई पक्राउ गर्न सकेको छैन। बलुचिस्तानका प्रहरी अधिकारी मोह्सीन हसन बटले १५(२० जना अपरिचित सशस्त्र हतियाधारीले आक्रमण गरेको जानकारी दिनुभयो ।

कराँचीबाट ग्वादर गइरहेका यात्रुमाथि आक्रमण भएको हो। बलूचिस्तानको मस्तुङ क्षेत्रमा सन् २०१५ मा यस्तै खालको आक्रमण भएको थियो । कराँची गइरहेको बसबाट २४ जना यात्रुलाई ओरालेर १९ जनाको गोली हानी हत्या गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू