अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२८ | Colorodo: 01:43

संयुक्त राष्ट्रसंघको ७३ औ अधिवेशनमा नेपाली चेली जोली अमात्यको दमदार सम्बोधन (भिडियो)

विजय थापा २०७६ वैशाख ४ गते २२:३९ मा प्रकाशित

डिसी । न्यु योर्क स्थित राष्ट्र सङ्घको मुख्यालयमा नेपाली चेली जोली अमात्यले संयुक्त राष्ट्रसंघको ७३ औ अधिवेशनमा सम्बोधन गरेकी छिन् । अमात्यले अन्तर्राष्ट्रिय श्रम सङ्गठन(आईएलओ) स्थापना भएको एक सय वर्ष पुगेको अवसरमा ‘भविष्यको कार्य’ नारा रहेको उक्त अधिवेशनमा सम्बोधन गरेकी हुन् । उनले गत अप्रिल १० -११ मा न्यु योर्कमा सम्पन्न उक्त उच्च स्तरीय बैठकमा सबै नेपालीको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने सुवर्ण अवसर पाएकी छिन् । कार्यक्रममा उच्च स्तरीय राजनैतिक व्यक्तित्व, विभिन्न राष्ट्रका राष्ट्र प्रमुखहरू ,मन्त्रीहरू,संयुक्त राष्ट्र सङ्घ सदस्य राज्य,संयुक्त राष्ट्र सङ्घका स्थायी पर्यवेक्षक,कर्मचारी श्रमजीवी सङ्गठन,कर्मचारी सङ्गठन ,युवा प्रतिनिधिहरू,शिक्षा या शोध क्षेत्र तथा नागरिक समाजका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

जोली हाल संयुक्त राष्ट्र सङ्घको मेजर ग्रुप फर चिल्ड्रेन एन्ड युथ को सचिवालयमा कार्यरत छिन् । उक्त संस्था १९९२ मा स्थापना भएको हो । जोली अमात्य उक्त ७३ औ अधिवेशनको साधारण सभाको उद्घाटन कार्यक्रमको एक खण्डमा उनले सम्बोधन गरेकी हुन् । जोलीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको एक सयौँ वार्षिक सम्मेलनमा सामूहिक कार्यवाही बिश्वब्यापकता तथा समानताको आधारमा हुनु पर्ने माग राखिन । उनले सम्बोधन कै क्रममा युवाहरूलाई यो थाहा छ किन हरेक वर्ष १.७ खर्ब डलर सेनामा खर्च गरिन्छ । किनकि आर्थिक नमुनाहरूले युद्धका उपकरणहरू र कल्याणका बिचमा मतभेदहरू बताउन सक्दैनन् ।

यसबाहेक, अत्यधिक आर्थिक विकासको अतिरिक्त मजदुरीलाई स्थिर बनाइयो ,जोलीले भनिन । उनले जोड दिँदै अनियन्त्रित वृद्धिको अस्तित्व खतरामा रहेको सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा जनाइन । अमात्यले ७३ औ अधिवेशनकी अध्यक्ष मारिया फरनान्डा एसपीनोसा गर्सेस ,संयुक्त राष्ट्र सङ्घका महा सचिव एन्टोनीयो गुटेरस ,अन्तर्राष्ट्रिय श्रम सङ्गठनका निर्देशक गाई राइडर लगायत विशिष्ट व्यक्तित्वहरूका बिच उनले सम्बोधन गरेकी हुन् । उनले सम्बोधनको क्रम आफू नेपालबाट हु भन्दै परिचय दिएकी थिइन् । राष्ट्र सङ्घ जस्तो गरिमामय संस्थामा यसरी नेपाली मूलका युवाहरूको तर्फबाट जोली अमात्यले सम्बोधन गर्ने मौका पाउनु सबै नेपालीहरूले गौरवको विषय हो ।

राष्ट्र सङ्घको इतिहासमै अमात्य युवा सम्मेलनकी युवा अध्यक्ष पदमा पुग्ने कनिष्ठ तथा पहिलो नेपाली बन्न सफल भएकी थिइन् l दुई वर्ष अगाडी जोलीले विश्व भरका तमाम युवा वर्गको प्रतिनिधित्व गर्दै दोस्रो पटक पुन :उनले राष्ट्रसंघ हिउँदे युवा सम्मेलनलाई सम्बोधन गरेकी थिइन् । बालबालिका र युवाहरूको संयुक्त राष्ट्र मुख्य समूह (यूएन एमजीसीवाई) र संयुक्त राष्ट्र अन्तर सञ्जाल युवा विकास ,लिङ्ग समानताका कार्यकारी समूहको सक्रिय सदस्य पनि छिन । उनी थुप्रै अन्तर्राष्ट्रिय सङ्घ/संस्था तथा संयुक्त राष्ट्र सङ्घ सँग आबद्ध छिन् । नेपाल पाटन घर भई हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी जोली अमात्य पिता जगदीश मान अमात्य तथा माता कृष्ण अमात्यकी ज्येष्ठ सुपुत्री हुन् भने कञ्चन अमात्य कि दिदी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू