अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा छन्द कविता गोष्ठी कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७६ वैशाख ४ गते १२:४० मा प्रकाशित

सेन्टलुइस मिजौरी,  यही २०१९ साल अप्रिल १३ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टर-सेन्ट लुइस मिजौरीमा छन्द कविता गोष्ठी कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्तकार्यक्रममा , अध्ध्क्षता मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन च्याप्टरको सचिव सदन पोखरेलले गर्नु भएको थियो । आदिकवि भानुभक्त आचार्य, युवाकवी मोतीराम भट्ट, माहाकवी देवकोटा आदिको तस्बिरहरूमा माल्यार्पण, दीप ज्योति प्जवलन र राष्ट्रिय गानबाट सुरुवात भएको थियो । उक्त कार्यक्रममा, श्वागदमन्तवयका साथ

“नेपाली भाषाको जगेर्ना र पहिचान बचाउनु“ सबको महत्त्वपूर्ण कर्तव्यको वर्णन गर्दै च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले छन्द र नेपाली भाषा सम्बन्धी चर्चा-परिचर्चा गर्नु भएको थियो । कार्यक्रममा कवि बलराम पन्थीले मौखिक छन्द र नेपाली भाषा सम्बन्धी चर्चा- परिचर्चा र केन्द्र सचिव कविलाल गोपाल सुबेदीद्वारा पठाइएको छन्द बारेअडीओ रेकर्ड सुनाइएको थियो ।

कार्यक्रममा यस क्षेत्रका विभिन्न साहित्यकारहरूले आ-आफ्नो कविता पाठ गर्नुको साथै सिकागो अनेलासको अध्यक्षबाट प्राप्त छन्द कविता पनि पाठ गरिएको थियो । त्यसै गरी कार्यक्रमको अन्तिममा , मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको योगदान र अाउदो अन्तर्राष्ट्रिय नेपाली साहित्यको लन्डन सेमिनारबारे वर्णन गर्दै सभा बीस्रजनका साथ सहभागी सबैलाई जलपान समारोहमा सामेलहुनअनुरोध गर्नु भयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू