अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

टेक्सासको लवक नेपाली समाजमा डा.प्रकाश

बिआरटीनेपाल २०७६ वैशाख ३ गते १७:१५ मा प्रकाशित

लवक नेपाली समाजमा डा प्रकाश श्रेष्ठको नेतृत्वमा नयॉ नेतृत्व चयन भएको छ । सर्वसम्मतरूपमा गठित नेतृत्वमा उपाध्यक्षमा हरि वञ्जारा महासचिवमा शिव मूल कोषाध्यक्षमा डा सञ्जीव सिलवाल रहेका छन् । सदस्यहरूमा डा प्रकृति विष्ट, दुर्गा घर्ती, सुदन सुवेदी रहेका छन् ।

गत मार्च २३ मा सम्पन्न वार्षिक साधारण सभामा घोषणा गरिएको नयॉ कार्यसमितिले यही अप्रिल १४ तारिख आइतबार आयोजित एक समारोहकाबीच शपथ ग्रहण गरेको थियो । समारोहलाई सम्बोधन गर्दे नव निर्वाचित अध्यक्ष श्रेष्ठले आगामी दिनमा यो समाजलाई अमेरिकामा नै एक उदाहरणीय संश्थाकोरुपमा विकास गर्ने दृढता व्यक्त गर्नुभयो ।

कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष सुरेन्द्र गौतमले दुई वर्षको अवधिमा आफ्नो नेतृत्वले गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रम नेपाली नयावर्षको शुभकामना आदानप्रदान सहित विविध सांस्कृतिक मनोरञ्जनका साथ सम्पन्न भएको थियो ।

प्रतिक्रिया