अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 16:48

स्कटल्याण्ड ग्लासगो नयाँ वर्ष कार्यक्रम, नेपाली स्कटिस सोसाइटी गठन

बिआरटीनेपाल २०७६ वैशाख ३ गते १२:४५ मा प्रकाशित

स्कटल्याण्ड । स्कटल्याण्ड ग्लासगोमा नेपाली स्कटिस सोसाइटीको आयोजनामा नयाँ वर्ष शुभकामना साङ्गीतिक साँझ सम्पन्न भएको छ । उक्त कार्यक्रममा नवकृष पञ्चकोटी, योगेश पराजुली, कोकिला दाहाल, रविन पञ्चकोटी लगायतले गीत, साङ्गीतिक धुनहरू प्रस्तुत गर्नु भएको थियो । यस्तै बालबालिकाहरूले गीत र नृत्यले प्रस्तुत गर्दै नेपाल भ्रमण वर्ष २०२० मा नेपाल घुम्न जाऊँ भन्ने सन्देश प्रवाह गरेका थिए । कार्यक्रममा बाल मैत्री विशेष कार्यक्रम र खेलको समेत आयोजना गरिएको थियो । उक्त अवसरमा प्रोफेसर केशव दाहाल, डा.केशव भट्टराई, डा.वरुणलाल कर्ण, डा.राम अधिकारी लगायतले शुभकामना सन्देश दिनु भएको थियो । कार्यक्रममा कृष्ण दाहालको संयोजन र सरोजा अर्यालको सञ्चालन रहेको थियो ।

सोही कार्यक्रममा नेपाली स्कटिस सोसाइटीको प्रारम्भिक समितिको चयन गरिएको छ। नवीन पञ्चकोटीको संयोजकत्वमा गठन गरिएको समितिमा कृष्ण दाहाल, सरोजा अर्याल, उज्वल कार्की र सामिका सुनुवार रहनु भएको छ। संयोजक नवीन पञ्चकोटीले चाडै कार्यसमितिको विस्तार गरी कार्य विभाजन गर्ने जानकारी दिनु भएको थियो ।

समितिले संस्थालाई च्यारिटीमा दर्ता गर्ने, स्थानीय काउन्सिलसँग सामाजिक विकासमा सहकार्य गर्ने, बालबालिकाहरूको अतिरिक्त क्रियाकलाप,नेपाली भाषा संस्कृति को विकास गरी नेपाल र नेपाली समुदायको सर्वोपरि हितमा कार्य गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू