अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

बाँग्लुङ्ग जिप दुर्घटनाका घाइतेलाई परिवार दलको सहयोग

बिआरटीनेपाल २०७६ वैशाख ३ गते १२:२९ मा प्रकाशित

काठमाडौँ वैशाख ३ । दुई महिना अगाडि बाँग्लुङ्ग जिल्लाको जैमनी न.पा बडा.नं ८ छिस्तीमा भएको जिप दुर्घटनामा परि गम्भीर घाइते भएकी सम्झना पुनको उपचारमा नेपाल परिवार दलले आर्थिक सहयोग गरेको छ ।

घाइते पुनको बाँसबारी स्थित वेलनेस हस्पिटलमा उपचारत छिन् । नेपाल परिवार दलका अध्यक्ष एंव्म पूर्वमन्त्री एकनाथ ढकालले मङ्गलवार अस्पतालमै पुगेर घाइते पुनका दाजु गङ्गा बहादुर पुनलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । दलले पुनको उपचारको लागि तीस हजार रुपैयाँ सहयोग गरेको छ ।

पुनको उपचारमा संमलग्न डा. हिरा गिरीका अनुसार पुनको स्वास्य सुधार न्मुख रहेको सामान्य हिडन बोल्न थालेको तथा पुराना कुराहरू सम्झन थालेको बताउँदै उनलाई अझै एक महिना अस्पतालमै राखेर फिजियोथेरापी लगायतको विधिबाट उपचार गर्नु पर्ने बताइन् ।
आर्थिक अवस्था कमजोर भएको पुनको परिवारलाई उपचारको लागि विदेशबाट र केही सहयोगी मनहरूले सहयोग गरेको बिरामीका दाजु गङ्गा बहादुर पुनले बताए ।

रकम हस्तान्तरण गर्न नेपाल परिवार दलका महामन्त्री विनोद डाँगी प्रवक्ता सन्तोष कुमार पौडेल र केन्द्रीय सदस्य मनोज सुर्खेती सहित पुगेका अध्यक्ष ढकालले बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गदै दलको तर्फबाट थोरै सहयोग गरे पनि यो दलको तर्फबाट सद्भाव भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू