अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१३ | Colorodo: 10:28

नेपाली नयाँ वर्ष २०७६ को उपलक्ष्यमा क्यालिफोर्नियामा क्रूज पार्टी सम्पन्न

बिआरटीनेपाल २०७६ वैशाख ३ गते १२:०८ मा प्रकाशित

सानफ्रान्सिस्को, यही नेपाली नयाँ वर्ष २०७६ को उपलक्ष्यमा क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरमा नेपाली समुदायमाझ पहिलो पटक Project Entertainment Group को तयारीमा नयाँ वर्ष साँझ क्रूज पार्टी सम्पन्न भएको छ ।

आयोजक द्वय उद्धब केसी र हरि ओझाले बिआरटी नेपाललाई जानकारी गराए अनुसार क्रूज पार्टी अप्रिल १३, २०१९ शनिवारको दिन बेलुका ७:३० बजे देखि मध्यरात १२:३० बजे सम्म भएको थियो । क्रूज पार्टी Alameda Harbour बाट सुरु भई संसारकै लोकप्रिय पर्यटकीय स्थलहरू जस्तै Bay Bridge, GoldenGate Bridge , AT&T पार्क, Tresure Island, Alcatraz, Sausalito, Pacific Ocean परिक्रमा गरेर पुन Alameda Harbour आएर नेपाली नयाँ वर्ष मनाउँदै समापन गरियको थियो ।

आयोजकका अनुसार “मासलाई भन्दा क्लासलाई ध्यानमा राखेर आफ्नो कला संस्कृतिलाई परदेशमा पनि जगेर्ना र प्रोत्साहन गर्ने उदेश्यले आयोजना गरियको यस कार्यक्रममा सानफ्रान्सिस्को वासी नेपाली समुदायको उल्लेखनीय सहयोग र सहभागिता रहेको जानकारी प्राप्त भएको छ ।

कार्यक्रमका अरू मुख्य आकर्सर्णहरुमा लाइभ म्युजिक, डिजे, गाला डिनर, ओपेन बार आदि रहेका थियो ।

प्रतिक्रिया