अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२० | Colorodo: 19:35

असान्ज पक्राउ परेपछि इक्वेडरमा हाहाकार, चार करोड साइबर आक्रमण

बिआरटीनेपाल २०७६ वैशाख ३ गते ९:५३ मा प्रकाशित

विकिलिक्सका संस्थापक जुलियन असान्जलाई इक्वेडरले दिएको शरण फिर्ता लिएपछि लन्डन प्रहरीले उनलाई पक्राउ गरेको विदितै छ । घटनापछि आफ्ना सार्वजनिक संस्थाहरूको वेबपेजमा चार करोड साइबर आक्रमण गरिएको इक्वेडरले जनाएको छ । इक्वेडरका सूचना तथा सञ्चार राज्यमन्त्री प्याट्रिसियो रीलले यी आक्रमण बिहीवारदेखि नै शुरू भएको र धेरैजसो आक्रमण अमेरिका, ब्राजिल, होल्यान्ड, जर्मनी, रोमानिया, प्रलान्स, अस्ट्रिया र बेलायतबाट भएको बताउनुभयो ।

दूरसञ्चार मन्त्रालयको विद्युतीय सरकार विभागका उपसचिव जेभिएर जाराका अनुसार, व्यापक साइबर आक्रमण गरिएपछि इन्टरनेट नै बन्द गर्नुपरेको थियो । आक्रमण असान्ज समर्थक गुटले गरेको बताईएको छ । साइबर आक्रमणका कारण राष्ट्रबैंक, राष्ट्रपति कार्यालय, राजस्व विभाग, मन्त्रालयहरू र विश्वविद्यालयहरू प्रभावित बनेका छन् ।

लन्डनस्थित इक्वेडरको दूतावासमा सात वर्षदेखि बसिरहेका असान्जलाई राष्ट्रपति लेनिन मोरेनोले शरणार्थी हैसियत खोसेपछि असान्ज पक्राउ परेका थिए । अर्काको देशका आन्तरिक मामिलामा हस्तक्षेप गरेको र जासूसी गरेको आरोप लगाउँदै इक्वेडरले शरण दिन अस्वीकार गरेको हो । इक्वेडरका परराष्ट्रमन्त्री जोश भ्यालेन्सियाले असान्जमाथि गलत व्यवहार नगरिएको बरू असान्जकै व्यवहार गलत र अपमानजनक रहेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू