अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२९ | Colorodo: 16:44

१२ नेपाली महिला तस्करी गर्ने बेलायती केन्यामा पक्राउ, अदालती कार्वाही शुरु

बिआरटीनेपाल २०७६ वैशाख ३ गते ९:५२ मा प्रकाशित

१२ नेपाली महिलालाई तस्करी गरी केन्याको आफ्नो रात्रि क्लवमा प्रयोग गरेको अभियोगमा एक बेलायती नागरिक पक्राउ परेका छन् । पक्राउ परेका अमिराली अलिभाई नाम व्यक्तिसँग बेलायतसहित दुई देशको नागरिकता पनि रहेको छ । प्रहरीले अलिभाईसँग भारत र बेलायतको नागरिकता रहेको दावी गरेको छ भने अलिभाईका वकीलले उनीसँग दोहोरो नागरिकता रहेको स्वीकार्दै भारतको नभई बेलायत र क्यानडाको रहेको जिकीर गरेको छ । गत शनिबार त्यहाँको डान्स बार र क्लबमा छापा मार्ने क्रममा केन्याली प्रहरीले १२ नेपाली महिलासहित त्यसका सञ्चालक अलिभाईलाई पनि पक्रेको थियो । प्रहरी छानबिनमा अलिभाइले १२ नेपाली महिलाको तस्करी गरी न्यालीस्थित क्लबमा प्रयोग गरेको खुलेको थियो ।

अलिभाइविरुद्ध केन्याको सान्जु अदालतमा मुद्दा दायर गरिएको छ । उनीविरुद्ध नेपाली महिला तस्करी गरेर दुरुपयोग गरेको अभियोग छ । नेपाली महिलाहरुलाई मार्च १३ देखि २४ को बीचमा झुक्याएर आफ्नो क्लबमा प्रयोग गरिएको दायर मुद्दामा उल्लेख छ । मानव तस्करी गरेको, त्यसका लागि उक्साएको र नेपाली नागरिकको भ्रमण कागजात जफत गरेको अभियोग पनि उनलाई लगाइएको छ ।

रंगिला बार र एम्की प्लाजाका मालिक अलिभाईले उक्त स्थललाई नेपालीको तस्करीमा प्रयोग गर्ने गरिएको दी स्टार नामक अनलाइन पत्रिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू