अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३७ | Colorodo: 11:52

साउदी अबरमा भव्य ऐतिहासिक गजल प्रतियोगिता सम्पन्न– ईम राना मगर प्रथम

बिआरटीनेपाल २०७६ वैशाख २ गते २२:१८ मा प्रकाशित

२९ चैत्र २०७५ तदनुसार १२ अप्रिल २०१९ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरद्वारा आयोजित ऐतिहासिक साउदी अरब स्तरीय गजल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ ।

अनेसास साउदी च्याप्टरका अध्यक्ष श्री नमराज लामिछानेको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली राजदूतावास रियादका महामहिम राजदूत प्रा. डा महेन्द्र सिंह राजपूतको प्रमुख आतिथ्यता एवं विशिष्ट अतिथि नियोग उप प्रमुख एवं अनेसास साउदी च्याप्टरका प्रमुख सल्लाहकार श्री आनन्द प्रसाद शर्मा रहनु भएको थियो भने अनेसास साउदी च्याप्टरका महासचिव अरुण बेल्वासे “रोज” ले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । 

सभापति, प्रमुख अतिथि एवं विशिष्ट अतिथिद्वारा संयूक्तरुपमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिए लगत्तै नेपाली राष्ट्रिय गान श्रवण गरी च्याप्टर परिचय सँगै अनेसास साउदी च्याप्टरका उपाध्यक्ष श्री विमल गौतमले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न सङ्घ संस्था, सङ्गठनका पदाधिकारीहरू, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, प्रत्रकार, साहित्य प्रेमी नेपाली दाजुभाइ दिदीबहिनीहरूको उल्लेखनीय उपस्थित रहेको थियो ।

च्याप्टरले २० मार्चमा गरेको पूर्व सूचित सूचनाको आधारमा छनौट भएका ११ प्रतिस्पर्धी मध्य १० प्रतिस्पर्धीको उपस्थित रहेका थिए । प्रतियोगितालाई निष्पक्षरुपमा सफल बनाउनको लागि आयोजक कमिटीले गजलमा दिग्गज एवं समाजमा प्रतिष्ठित व्यक्तित्वहरूको ५ सदस्य निर्णायक टोली गठन गरेको थियो जसमा, संयोजकको रूपमा साहित्व चौतारी नेपालका सल्लाहकार श्री लाल ब. क्षेत्री बगाले, नेपाली राजदूतावासबाट नियोग उप प्रमुख श्री आनन्द प्रसाद शर्मा, साउदी अरब स्थित नेपाली समाजका विशिष्ट व्यक्तित्वहरू श्री द्धावारीका राज गिरी, श्री अमृत पौडेल र च्याप्टरको तर्फबाट श्री जितु खड्का गाउँलेलाई राखिएको थियो ।

१० प्रतिस्पर्धी बिच भएको प्रतियोगितामा सबैलाई पछि पार्दै श्री ईम राना मगर प्रथम, श्री प्रकाश शर्मा द्धितीय, श्रीमती निर बस्नेत निर तृतीय हुनु भएको थियो भने श्री तारा कुमार राईले सान्त्वना पुरस्कार जित्नु भएको थियो । च्याप्टरले नेपाली भाषा साहित्यको विकास, प्रवर्धन एवं जगेर्ना, र सर्जक पहिचान र स्रष्टा सम्मान गर्ने हेतुले प्रतियोगिता राखेको बताएको छ । प्रथम पुरस्कार ५०१ सा. रि, र प्रमाण पत्र, द्धितीय पुरस्कार ३०० सा. रि र प्रमाण पत्र, तृतीय पुरस्कार २०० सा. रि र प्रमाण पत्र साथै सान्त्वनामा १०१ सा. रि र प्रमाण पत्र राखेको थियो । 

अतिथिहरूबाट नयाँ वर्ष २०७६ सालको शुभकामना आदान प्रदान मन्तव्य एवं गजल, कविता प्रस्तुत गर्नु भएको थियो भने त्यसै गरी अप्रतियोगिको रूपमा कार्यक्रमलाई मनोरञ्जन दिनको लागि श्री दीपक सेन्चुरी, श्री रविन, गिरी, श्री रोमलामा, श्री विज्ञान राई, एवं च्याप्टरका सदस्य श्री नगेस तामाङले गजल गीत, गजल सङ्गीत प्रस्तुत गर्नु भएको थिए । त्यसै गरी बाँसुरी बाधक श्री राज यात्रीद्वारा गजल प्रस्तुतिमा बाँसुरीको मधुर ध्वनि बजाउनु भएको थियो । च्याप्टरको सदस्य श्री हेम सुवेदी, सदस्य श्री नागेस तामाङले व्यवस्थापन चुस्त र सभ्य बनाउन अहम भूमिका खेल्नु भएको थियो भने सहयोगीको रूपमा रूपमा श्री लक्ष्मण तामाङ, श्री विनोद बस्नेत र श्री अमर कार्की रहनु भएको थियो ।

कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्नको लागि आर्थिक, नैतिक एवं भौतिक सहयोग प्रदान गर्नुहुने प्रमुख सहयोगी मनका धनी एर्व सामाजिक व्यक्तित्वहरू एवं विभिन्न संघसस्थाका उच्चसाथ व्यक्तित्व श्री द्धावारीका राज गिरी, श्री अमर सापकोटा, श्री अमृत पौडेल, श्री अर्जुन थापा, श्री कुल बहादुर श्रेष्ठ, श्री विनोद जी. सी लगायत सह सहयोगीको रूपमा श्री जितेन्द्र थपलिया, श्री परशुराम मिश्र, श्री रुपक बाइबा, श्री गोपाल पंगेनी, श्री मदन ओडार, श्री नवराज थापा, श्री विज्ञान राई, श्री दिलीप कुमार घिमिरे, नेपाली साझा मञ्च, सहित्यि चौतारी साउदी शाखाको अहम भूमिका रहेको थियो । त्यसै गरी मिडिया पार्टनरको रूपमा रहनु भएका पिटी अनलाई, जनभेट साप्ताहिक एवं अन टाइम टि भिले कार्यक्रमको प्रचार प्रसारमा महत्त्वपूर्ण भूमिका निभाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू