अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

आईसीसी विश्वकप छनौट– मलेसिया विरुद्ध नेपाल विजयी

बिआरटीनेपाल २०७६ वैशाख २ गते ९:३६ मा प्रकाशित

आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि जारी एसिया छनोटको खेलमा मलेसिया विरुद्ध नेपाल विजयी भएको छ । क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ८ विकेटले हराएको हो ।

९३ रनको लक्ष्य पाएको नेपालले मात्र १३ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपाललाई जित दिलाउन रित गौतमले अविजित ३९, आशिफ शेखले २६, पवन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रनको योगदान दिनुभयो ।

मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि पवन सर्राफ र कुशल मल्लले ३–३ विकेट लिनुभयो । नेपालले यसअघिका दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू