अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४४ | Colorodo: 15:59

आइएमई जेटीआई टेनिस टुर्नामेन्ट सुरु

बिआरटीनेपाल २०७६ वैशाख २ गते ६:२६ मा प्रकाशित

काठमाडौँ । आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण सुरु भएको छ । आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गतवर्षदेखि हुँदै आएको प्रतियोगितामा यस पटक पोखरा बुटवल लगायत देशका अन्य स्थानबाट १ सय ११ जना प्रतिस्पर्धीहरू सहभागी हुनेछन् ।

कूल तीन लाख छब्बिस हजार पुरस्कार राशिको उक्त एकल प्रतियोगिताको उद्घाटन आइएमई फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, काठमाडौँ टेनिस सङ्घका उपाध्यक्ष गोपाल दास मानन्धर, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्र जीत राई र टेनिस सङ्घका पूर्व अध्यक्ष हेम लामाले संयुक्त रूपमा सोमबार दशरथ रङ्गशालामा गर्नुभयो ।

८ वर्षदेखि १४ वर्षसम्मका बालबालिकाहरूले भाग लिने उक्त प्रतियोगिता शनिवारसम्म दशरथ रङ्गशालामा सञ्चालन हुनेछ । आइएमई फाउन्डेसन आइएमई ग्रुपद्वारा सञ्चालित एक मुनाफा रहित परोपकारी संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यहरू यही फाउन्डेसन मार्फत गर्दै आइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू