अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३६ | Colorodo: 07:51

नयाँ वर्षमा बुद्धिसागरको “परेली’ बजारमा, टोरोन्टोका कार्यक्रम परेलीमय

क्यानडाका प्रधानमन्त्रीद्धारा शुभकामना

बिआरटीनेपाल २०७६ वैशाख २ गते ६:०३ मा प्रकाशित

क्यानडाका प्रधानमन्त्रीद्धारा शुभकामना

क्यानडा, अन्ततः लामो समयको पर्खाइ पछि गायक बुद्धि सागर बस्यालको “परेली’ बोलको गजल सार्वजनिक गरिएको छ । नेपाली नयाँ वर्षको अवसरमा क्यानडाको टोरोन्टोमा आयोजित एक कार्यक्रममा उक्त गजल सार्वजनिक गरिएको हो । सार्वजनिक भए लगत्तै टोरोन्टामा भएका सबै कार्यक्रमहरू परेलीमय बनेका थिए । रमेश थापाको शब्द र महेश खड्काको सङ्गीत रहेको उक्त गजलमा गायक बस्यालको आवाज रहेको छ । 

बजारमा आउनुअघिनै जनमानसमा लोकप्रिय भइसकेको “परेली’ बोलको गजल नेपाली नयाँ वर्षका अवसरमा प्रधानमन्त्री जस्टिन टुर्डोको शुभकामना सन्देशसँगै औपचारिक रूपमा सार्वजनिक गरिएको हो । नेपाल, आइसल्यान्ड तथा क्यानडाका विभिन्न पर्यटकीय स्थलमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा महेश खड्का र अञ्जलि अधिकारीको बेजोड अभियनय रहेको छ । उक्त भिडियोको निर्देशन शान थापाले गरेको हुन भने छायाङ्कन अर्जुन तिवारीले गरेका हुन । नयाँ वर्षको अवसरमा क्यानडाका प्रधानमन्त्री टुर्डोसंगै अर्थमन्त्री विल मोर्नेउ, सीमा सुरक्षा तथा सङ्गठित अपराध न्यूनिकरण मन्त्री विल व्लेयर लगायतले एनसिसिएस क्यानडा र सृजनशील नेपाली समाज मार्फत नेपाली समुदायलाई शुभकामना दिएका थिए । 

भिडियो लिङ्क

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू