अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३२ | Colorodo: 08:47

यात्रा स् अ म्युजिकल भ्लग लाई सकारात्मक प्रतिक्रिया

प्रदिप कार्की २०७६ वैशाख २ गते ५:५१ मा प्रकाशित

गत शुक्रवारबाट प्रदर्शनमा आईको फिल्म ‘यात्रा स् अ म्युजिकल भ्लग’ लाई सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । रिलिजकै दिन शुक्रवार आयोजित विशेष सो मार्फत सेलिब्रेटीको मन जित्न सफल भएको फिल्मलाई दर्शकले पनि ’उत्कृष्ट’ भनेका छन् । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते विभिन्न हलमा पुगेका सलिनमान बनियाले दर्शकसँग प्रतिक्रिया लिँदै शुभकामना आदानप्रदान गरे । नयाँ वर्षको शुभकामना दिँदै दर्शकको प्रतिक्रिया लिन हलमा पुग्दा सलिन दङ्ग थिए ।

“दर्शकको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको छु’ उनले भने ’यो न्यु इयरमा दर्शकसँग म छु र म सँग दर्शक हुन हुन्छ ।’ उनललाई आफ्नो अगाडी पाउँदा दर्शक पनि दङ्ग थिए । उनले राजधानीका हल मुख्य हल भिजिट गरेका थिए भने गोपीकृष्ण मुभिज चाबहिल र अष्टनारायण पिक्चर्स बालाजु बाइपास रोड मिडियाकर्मी पनि सलिनसंग थिए । सलिन सहित यात्रा टिम हलमा आउँदै छ भन्ने थाहा पाएपछि दर्शकहरू सलिनको एक झलक पाउन र छुन तँछाडमछाड गरिरहेका थिए । सलिनसंगै सलोनले पनि दर्शकको माया फिल गरे ।

“दर्शकले दिनु भएको सकारात्मक प्रतिक्रियाले हिजो दुखलाई भुलेका छौ’ सलोन भन्छन् “मेरो सहयोगी क्यारेक्टरलाई दर्शकले रुचाउनु भएको छ, नानी कति जाति है भन्ने खालका कमेन्ट पाएको छु ।’ सलिन र सलोनसंगै हल भिजिटमा दर्शकको प्रतिक्रिया लिन डेब्यु गर्ल मलिका महत , रेअर राई, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत, निर्देशक सम्राट् शाक्य, निर्माता सुशील पोखरेल, कार्यकारी निर्माता सर्जुमान लिगल, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ र वितरक गोपालकाजी कायस्थ पुगेका थिए ।

वितरक गोपालकाजी कायस्थले सलिनको क्रेज हलमा देखिएको बताए । फिल्मले मनोरञ्जनसँगै सोसल म्यासेज पनि दिएकोले यसको वर्डअफ माउथले आउँदा दिनमा दर्शक तानिनेमा निर्माण पक्ष विश्वस्त छन् । फिल्ममा भ्लगको माध्यमले ल्याउन सक्ने परिवर्तन र गर्न सकिने सकारात्मक कामलाई देखाइएको छ । फिल्ममा सलिनले पाँच पंक्षी समूह लिड गरेका छन् । फिल्ममा जय नन्द लामा, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जङ्ग कुँवर, ईश्वर पौडेल, नानीकाजी डङ्गोल, राजेश बिसुराल, ईश्वर पौडेल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ भने विशेष भूमिकामा दीपकराज गिरी पनि छन् ।

यसमा विदेशी कलाकारहरू चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रूपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अङ्कित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा विक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् ।

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथा पनि सम्राट्कै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने, प्रतीक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेश नै रहेका छन् भने यसलाई सञ्जय लामाले खिचेका हुन् । फिल्ममा प्रवीण सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व, बनिश शाहको सम्पादन, आशिष् पौडेलको कस्ट्युम डिजाइन, जटा शङ्कर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेको छ । फिल्ममा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतीक पौडेल र कोविद बज्रको सङ्गीत रहेको छ ।