अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१४ | Colorodo: 02:29

अमेरिकाले दियो नेपाली नयाँ बर्षको शुभकामना, दुई देशबीचको सम्वन्ध अझै प्रगाढ हुने बिश्वास

बिआरटीनेपाल २०७६ वैशाख १ गते ९:५१ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाले नेपालीको नयाँ बर्षको अवसरमा शुभकामना दिएको छ । संयुक्त राज्य अमेरिका डिपार्टमेन्ट अफ स्टेटका प्रवक्ता मोर्गन ओर्टागसले एक प्रेस बक्तब्य जारी गर्दै नयाँ बर्षको शुभकामना दिनुभएको हो । बक्तब्यमा उहाँले अमेरिकी जनता र अमेरिकी सरकारको तर्फबाट संसारभरी रहेका नेपालीहरुलाई नयाँ बर्षको शुभकामना दिनुभएको हो ।

प्रवक्ता मोर्गनले नेपाल र अमेरिकाबीचको सम्वन्ध आउँदा दिनमा अझै प्रगाढ हुने बिश्वास समेत ब्यक्त गर्नुभएको छ । दुई देश बीचको लामो मित्रता र साझा स्वार्थमा भबिष्यमा पनि निरन्तर सहकार्य रहने उहाँलदे विश्वास व्यक्त गर्नुभएको छ ।

अमेरिकामा रहेका नेपाली समुदायलाई उल्लेख गर्दै मोर्गनले उनीहरुकोे सक्रियता र सहयोगले पनि दुई मित्रराष्ट्र बीचको सम्बन्ध थप कसिलो बनेको उल्लेख गर्नुभएको छ । विज्ञप्तिमा नेपाल र अमेरिकाबीच विश्वव्यापी तथा क्षेत्रीय स्वार्थमा गहिरो सहकार्यको आशा व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू