अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४० | Colorodo: 07:55

सर्लाहीमा बस दुर्घटना, ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ वैशाख १ गते ९:४९ मा प्रकाशित

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । सोही दुर्घटनामा परी ३१ जना घाइतेसमेत भएका छन् ।

काठमाण्डौंबाट पुर्वतर्फ जाँदै गरेको बा.३.ख १३१८ नम्वरको बस पल्टिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिएको हो । दुर्घटनामा ज्यान गुमाएका सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ ।

दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको ज्यान गएको हो ।
दुर्घटना परी ३१ घाइते भएकामध्ये ४ जना अवस्था गम्भीर रहेकोले थप उपचारका लागि विराटनगर लगिएको छ भने सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू