अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

उत्तर नाइजेरियाका १ सय १२ जना बालिका अझैं बेपत्ता

बिआरटीनेपाल २०७६ वैशाख १ गते ९:४५ मा प्रकाशित

उत्तर नाइजेरियाका १ सय १२ जना बालिका अझैं बेपत्ता रहेका छन् । बोको हरामको नियन्त्रणमा रहेका ती बालबालिकाको अवस्था अहिले सम्म पत्ता लाग्न सकेको छैन । सन् २०१४ मा बोको हरामले उत्तर नाइजेरियाका झन्डै ७ सय बालिकालाई नियन्त्रणमा लिएकोमा २ सय ७६ जनालाई रिहा गरेको थियो ।

५७ जना भागेका थिए भने १ सय ९ जनालाई सरकारसँगको सहमति पछि रिहा गरिएको थियो । नाइजेरिया सरकारका अनुसार बोको हरामको नियन्त्रणमा रहेकामध्ये अझैं १ सय १२ जना बालिकाहरुको कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

उनीहरुको खोजी कार्य भइरहेको र बोको हरामसँग पनि त्यस विषयमा वार्ताको प्रयास भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू