अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२० | Colorodo: 02:35

सरकारी चिकित्सकहरूको आन्दोलन दुई हप्ताको लागि स्थगित

बिआरटीनेपाल २०७६ वैशाख १ गते ९:४३ मा प्रकाशित

सार्वजनिक भएको कर्मचारी समायोजनको सूचीको विरोध गर्दै आन्दोलनमा उत्रिएको सरकारी चिकित्सक संघ (गोदान)ले आन्दोलन स्थगित गरेको छ । सरकारी पक्षले दुई साता समय मागेपछि गोदानले आफ्नो आन्दोलन स्थगित गर्ने निर्णय गरेको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो । सरकारले शनिबार दुई हप्ता आन्दोलन स्थगित गर्न आह्वान गरेपछि आइतबार बसेको बृहत भेलाले जारी आन्दोलन दुई हप्ताको लागि स्थगित गर्ने निर्णय गरेको अध्यक्ष डा पाण्डेले बताउनुभयो ।

शनिबार स्वास्थ्य मन्त्रालयमा सम्पन्न अनौपचारिक छलफलमा सरकारी प्रतिनिधिले दुई साताको समय मागेका थियो। शनिबार मन्त्रालयमा भएको अनौपचारिक छलफलमा स्वास्थ्य मन्त्रालयका तर्फबाट सचिवद्वय डा. पुष्पा चौधरी, चन्द्रकुमार घिमिरे, सहसचिवद्वय महेन्द्रप्रसाद श्रेष्ठ र जनार्दन गुरागाईं सहभागी हुनुभएको थियो । यस्तै, गोदानका तर्फबाट अध्यक्ष डा. दीपेन्द्र पाण्डे, उपाध्यक्ष डा. सुनिल पौडेल र महासचिव डा. रवीन खड्का सहभागी हुनुहुन्थ्यो । छलफलमा नेपाल चिकित्सक संघका तर्फबाट अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ र सहकोषाध्यक्ष डा. प्रकाश बुढाथोकीसमेत ले सहभागिता जनाउनुभएको थियो ।

आफूहरूलाई संघअन्तरगर्त राख्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरूले अघिल्लो शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बहिस्कार गरेका थिए । यद्यपि पछिल्ला दिनमा उनीहरूले अस्पताल बाहिर त्रिपाल टाँगेर ओपिडी सेवा उपलब्ध गराउने कोशिस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू