अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

सुडानका सैन्य परिषद प्रमुखद्वारा शपथ

बिआरटीनेपाल २०७६ वैशाख १ गते ९:३९ मा प्रकाशित

सुडानका सैन्य परिषद्का प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुल फतह अब्दुर्रहमान बुरहानले सैन्य ‘कू’को दुई दिनपछि व्यवस्था परिवर्तनको शपथ लिनुभएको छ । टेलिभिजन सम्बोधनमार्फत जनरल अब्दुर्रहमानले लोकतन्त्र पुर्नस्थापित गर्नका लागि आमचुनाव गर्न लाग्ने करिब दुई वर्षको समयसम्म सेनाले शान्ति, व्यवस्था र सुरक्षा बनाइराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारी संस्थाहरुको पुनर्गठन, रातको समयमा लगाइएको कर्फ्यु हटाउने र राजनीतिक बन्दी रिहा गर्ने घोषणासमेत गर्नुभएको छ ।

सबै प्रान्तीय सरकार भंग गर्दै मानवअधिकारको सम्मान गर्ने बचन दिएका जनरल अब्दुर्रहमानले जनजीवन सामान्य बनाउन विपक्षलाई समेत आह्वान गर्नुभयो । गत शुक्रबारमात्र ‘कू’ को नेतृत्व गर्ने जनरल बुरर्हामले राजीनामा दिएपछि जनरल अब्दुर्रहमानले सत्ताको नेतृत्व सम्हाल्नुभएको हो ।

यसैवीच, नागरिक सरकारको माग गर्दै प्रदर्शन भने जारी छ । गत बिहीबार ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसीरलाई पक्राउ गरी सेनाले सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू