अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३७ | Colorodo: 17:52

पोखरामा हेम्जा आलु महोत्सव सम्पन्न, ६५ हजार दर्शकद्धारा अवलोकन , २५ लाखको आलुको कारोवार

बिआरटीनेपाल २०७६ वैशाख १ गते ९:३४ मा प्रकाशित

पोखराको हेमजा स्थित विष्णुपादुका क्लवको आयोजनामा चैत २२ गतेदेखि सुरु दशौं राष्ट्रिय हेमजा आलु महोत्सव आइतवार सकिएको छ । १० दिनसम्म चलेको उक्त महोत्सवको कुल ६५ हजार दर्शकले अवलोकन गरेका छन् भने २५ लाखको आलुको कारोवार भएको आयोजकले जनाएको छ । महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले महोत्सवको संदेशलाई देशैभर पुर्याउनुपर्नेमा जोड दिंदै हेमजा कृषिका लागि गण्डकी क्षेत्रकै नमुना ठाउँ भएको चर्चा गर्नुभयो ।

महोत्सव अन्र्तगत भएको राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगितामा लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखा प्रथम, बाराही रोधीघर पोखरा द्वितीय साथै दर्पणछाया दोहोरी पोखरा र गण्डकी प्रदेश दोहोरी प्रतिष्ठानले सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् । त्यस्तै रत्यौली प्रतियोगितामा नमुना आमा समूह प्रथम, आर्वाविजय आमा समूह द्वितीय, गौरीशंकर आमा समूह तृतीय, इन्द्रेणी आमा समूह सान्त्वना भएका छन् भने राधाकृष्ण आमा समूहको लुठो उत्कृष्ठ घोषित भएको छ । सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मुल नाराका साथ महोत्सव गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू