अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

लुक्लामा समिट एयरको विमान दुर्घट्ना, ३ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ वैशाख १ गते ९:२५ मा प्रकाशित

सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा आज बिहान समिट एयरको विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विमानस्थलको सुरक्षार्थ खटिएका पर्यटक प्रहरी लुक्लाका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का, समिट एयरका को– पाइलट सुजित ढुङ्गाना रहनुभएको छ । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको हो भने दुर्घटनामा घाइते प्रहरी सहायक निरीक्षक झापा घर भएका रुद्रबहादुर बिष्टको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा समिट एयरका पाइलट रविनाथ रोकाया र हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ घाइते हुनुभएको छ । घाइते बिष्ट र रोकायालाई सिम्रिक एयरको हेलिकप्टरबाट उपचारका लागि शिक्षण अस्पताल काठमाडौँ लगि उपचार भईरहेको छ । घाइते हेलिकप्टर पाइलट गुरुङलाई पनि अर्को हेलिकप्टरमा काठमाडौँ लगिएको छ ।

यात्रु ओरालेर रामेछापका लागि उड्न लागेका बेला विमान धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको हो । मनाङ एयरको हेलिकप्टरसँग समिटको विमान ठोक्किएर दुर्घटना भएको हो । समिट एयरको नाइनएन एएमएच कलसाइनको विमान मनाङ एयरको नाइनएन एलसी कलसाइनको हेलिकप्टरसँग ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू