अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०७ | Colorodo: 08:22

मातृभूमि कप सप्पन्न, कलाकार ‘ए’ र नेपाल ‘बि’ विजयी

भानु सिग्देल २०७६ वैशाख १ गते १:०१ मा प्रकाशित

जनस्तरबाट भरतपुर, चितवनमा बन्ने पहिलो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम को सहयोगार्थको लागि धुर्मुस सुन्तली फाउन्डेसनबाट आयोजना भएको मातृभूमि कप टि-ट्वान्टी क्रिकेट आज सम्पन्न भएको छ । चैत्र २३ गते सम्पन्न हुने प्रतियोगिता वर्षाले बाधक बने पछि चैत्र ३० गते सारिएको थियो । आज सम्पन्न प्रतियोगितामा कलाकार ‘ए’ र नेपाल ‘बि’ विजयी विजयी भएका छन् ।

पहिलो खेलमा कलाकार ‘बि’ लाई कलाकार ‘ए’ ले ५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङको निम्तो पाएको कलाकार ‘ए ले निर्धारित १० ओभरको खेलमा ५ विकेट गुमाउँदै ७६ रन जोड्न सफल भएको थियो । टोलीको लागि कुमार कट्टेलले २६ बलमा २९ रन जोडे। त्यस्तै हेम राज बिसी १३, दिलीप ओखडा ९, कमल मिना नेपाल र अनमोल गुरुङले समान २/२ रन जोडे ।

बलिङ तर्फ राजा राजेन्द्र, शिशिर भण्डारी, मीन राज पोख्रेल र ? गुरुङ ले समान १ र १ र १ र १ विकेट लिँदा १ विकेट रन आउट मार्फत प्राप्त भयो। जवाफी ब्याटिङमा आएको कलाकार ‘बि’ ले निर्धारित १० ओभरको खेलमा ५ विकेट गुमाएर ७१ रन मात्र बनाउन सफल भयो । टोलीको लागि सर्वाधिक वीरेन्द्र हमालले २० रन जोड्दा नीराजन प्रधानले १० रन जोडे । बलिङ तर्फ कुमार कट्टेल, सुरेश न्यौपाने, दिलीप ओखडा र अनमोल गुरुङले १/१ विकेट लिए । खेलको म्यान अफ दि म्याच कुमार कट्टेल भए । 

दोस्रो खेलमा नेपाल ‘ए’ लाई नेपाल ‘बि’ ले २४ रनले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको नेपाल ‘बि’ ले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १४४ रन जोडेको थियो । टोलीको लागि प्रदीप ऐरिले ४६(५७) रन जोड्दा विनोद भण्डारीले ३०(२५), राजु रिजाल २०(१६), दीपेन्द्र ऐरि १८(१२) रन जोडे । 

बलिङ तर्फ भुवन कार्कीले २ विकेट लिँदा सोमपाल कामी, शरद भेषावकर र अभिनाष बोहराले समान १र१र१ विकेट लिए । जवाफी ब्याटिङमा आएको नेपाल ‘ए’ ले २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १२० रन मात्र जोड्न पुग्यो। टोलीको लागि अनिल शाह ले ४१(२५) रन, शरद भेषावकर २७(२६) जोड्दा अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन् । बलिङ तर्फ सुसन भारीले ४ विकेट लिँदा करण केसी, दीपेन्द्र ऐरि र जितेन्द्र मुखियाले समान १र१र१ विकेट लिए ।

खेलको म्यान अफ दि म्याच सुसन भारी घोषित भए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू