अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१२ | Colorodo: 04:27

ग्लोबल फोरमको साधारण सभा सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०७५ चैत ३० गते २३:५० मा प्रकाशित

कोलोराडो, जातीय विभेद विरुद्ध विश्व मञ्च (Global Forum against caste based discrimination ) को दोस्रो अधिवेशन संयुक्त राज्य अमेरिकाको कोलोराडोमा अप्रिल १३, २०१९ का दिन सम्पन्न भयो । विकास र संवृद्धिको बाधक जातीय भेदभाव मुख्य नाराका साथ सम्पन्न उक्त उद्घाटन सत्र कार्यक्रमको अध्यक्षता ग्लोबल फोरमका अध्यक्ष तीर्थ बर्माले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन अमृत विश्वकर्माले गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष तीर्थ बर्माले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको सो कार्यक्रममा अतिथिकारुपमा नेपाली घरका अध्यक्ष लक्ष्मण राना, समाजसेवी नारायण श्रेष्ठ, रक्की माउण्टेन फेन्स अफ नेपालका आकाश राई, अन्तर्राष्ट्रिय नेपाली साहित्य साहित्य समाज, बोर्ड अफ ट्रस्टीका उपाध्यक्ष पदम विश्वकर्मा, प्रवासी नेपाली मञ्च कोलोराडोका अध्यक्ष श्याम कुमार श्रेष्ठ, ग्लोबल भुटानी कम्युनीटी सेन्टर, कोलोराडोका अध्यक्ष सोम बराल, अफ्रिकन कम्युनिटी सेन्टरका प्रतिनिधि मणि दाहाल लगायतका अतिथिहरूले जातीय विभेद विकास र संवृद्धिको बाधक रहेको हुनाले यसको अन्त्यको लागि सबै आ-आफ्नो ठाउँमा लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।

संस्थाका उपाध्यक्ष पदम विश्वकर्माले अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य तथा महत्त्वमाथि प्रकाश पार्नुभएको थियो । यसै गरी संस्थाका सचिवालय सदस्य अर्जुन बगालेले संस्थाका मिसन, भिजनका बारेमा मन्तव्य प्रकट गर्नु भएको थियो भने स्कलर सरोज सिलवालले जातीय समस्या समाधानमा युवाहरूको भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।कार्यक्रमको दोस्रो सत्रमा संस्थाको प्रगति प्रतिवेदन क्रमशः तिर्थ बर्मा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अमृत विश्वकर्माले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनहरूमा छलफल गरी पारित गरिएको थियो । सभामा संस्थाको आगामी ३ वर्षको लागि निम्नानुसारको कार्यकारी समिति सर्वसम्मत गठन गरियो : अध्यक्ष- तिर्थ बर्मा (अमेरिका) वरिष्ठ उपाध्यक्ष- पदम विश्वकर्मा(अमेरिका), उपाध्यक्ष-डा. मोम विश्वकर्मा (अस्ट्रेलिया), महासचिव- मोतीलाल नेपाली (नेपाल), सचिव- अमृत विश्वकर्मा(अमेरिका), कोषाध्यक्ष- दीपक सुनुवार(अमेरिका), सदस्यहरूमा अमर हजारा (अमेरिका), अर्जुन बगाले (अमेरिका), सुशील बि के (नेपाल), तिलक सिर्पाली (नेदरल्याण्ड), नविव बि.के (चाइना), अनिता परियार (श्रीलङ्का), सीता रसाइली (अस्ट्रेलिया), नवराज वि के (कतार) रहनु भएको छ । 

फोटो: शैलेश पोखरेल

प्रतिक्रिया