अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१२ | Colorodo: 00:27

डा. विष्णु श्रेष्ठको निधनमा श्रद्धान्जली सभा सम्पन्न

बिआरटीनेपाल २०७५ चैत ३० गते १८:३५ मा प्रकाशित

डेनभर, समाजसेवी तथा नेपाली समुदायका अगुवा डा. विष्णुबहादुर श्रेष्ठको निधनमा दुःख व्यक्त गर्दै आज श्रद्धान्जली सभा सम्पन्न भएको छ । कार्यक्रमको सुरुवात एक मिनेट मौन धारण गर्दै फुलका गुच्छाद्वारा श्रद्धान्जली व्यक्त गरिएको थियो । उहाँको ७९ वर्षको उमेरमा एप्रिल ७, २०१९ आइतबारको दिन लेकवूड सहरको अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको थियो । 

कोलोराडोमा भएका सम्पूर्ण संस्थाहरूको आयोजनामा आयोजित उक्त कार्यक्रममा विभिन्न सङ्घ संस्थाका वक्ताहरूले डा. श्रेष्ठको निधनले कोलोराडो नेपाली समाजमा ठुलो क्षति भएको, समाजले एक अभिवाबक गुमाएको साथै उहाँको योगदान र अहम भूमिकाको बारेमा चर्चा गरेका थिए, साथै उहाँले देखाएका सपनाहरूलाई निरन्तरता दिने, दिवङ्गत आत्माको चिर शान्तिको लागि ईश्वरले शक्ति प्रदान गरुन् भनेका थिए । 

यसरी बोल्ने वक्ताहरूमा, नेपाली घरका अध्यक्ष लछुमन राणा, पूर्व अध्यक्षहरू नारायण श्रेष्ठ, योगराज गौतम, उपाध्यक्ष कुमार जङ कार्की, रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल प्रतिनिधि आकाश राई, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज निवर्तमान अध्यक्ष पदम विश्वकर्मा, अन्तर्राष्ट्रिय जाति भेद विरुद्ध विश्व मञ्चका अध्यक्ष तिर्थ बर्मा, समाज सेवी डा. विजय थापा, सङ्खुवासभा समाजका महासचिव हरि श्रेष्ठ, प्रवासी नेपाली मञ्च कोलोराडो च्याप्टर अध्यक्ष श्याम श्रेष्ठ, तमु धि कोलोराडो महासचिव भुवन गुरुङ, ग्लोबल भुटानिज कम्युनिटी कोलोराडो अध्यक्ष सोम बराल, गङ्गा चौलागाईं, मणि दाहाल थिए । 

तमु धि कोलोराडो महासचिव भुवन गुरुङले नेपाली कम्युनिटी बने पछि एउटा हल या कोठा डा. श्रेष्ठको नाममा राख्न सुझाव दिएका थिए । कार्यक्रमको अन्तमा नेपाली घरका अध्यक्ष लछुमन राणाले सबै उपस्थित महानुभाव तथा सङ्घ-संस्थालाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रमको सञ्चालन नेपाली घरका महासचिव निर्मल श्रेठले गरेका थिए । उक्त कार्यक्रमको बिआरटी नेपाल डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

फोटो: शैलेश पोखरेल

प्रतिक्रिया