अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४० | Colorodo: 07:55

नेपालद्धारा “जुम्ला” र “कोशी ” नामका अत्तर उत्पादन

बिआरटीनेपाल २०७५ चैत ३० गते ९:२९ मा प्रकाशित

नेपालले जुम्ला र कोशी नाम गरेका दुई अत्तरको उत्पादन गरेको छ । वनस्पति विभागले नेपालमै अत्तर अर्थात पर्फ्युम उत्पादन गरेको हो । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुंगानाका अनुसार वनस्पति विभागकै कर्मचारीले दुई किसिमका अत्तर उत्पादन गरेका हुन् ।

बरिष्ठ वैज्ञानिक अधिकृत देवीप्रसाद भण्डारी, राजेश्वर रञ्जितकार र लक्ष्मण भण्डारीले उक्त अत्तरको विकास गरेको बताईएको छ । जुम्ला र कोशी नामक अत्तरको उत्पादन गरेर उनीहरूले जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीलाई हस्तान्तरण गरेका छन् ।

मन्त्रालयका अनुसार विभागले बनाएका अत्तर अर्गानिक भएकाले यिनले कुनै प्रकारको हानी गर्दैनन्। ‘कोशी’ नाम गरेको अत्तरको सुगन्ध केही समय रहने र जुम्लाको भने लामो समय सम्म रहने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू