अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

अफगानिस्तानः तालिबानद्धारा शसस्त्र संघर्ष तीव्र बनाउने चेतावनी

बिआरटीनेपाल २०७५ चैत ३० गते ९:२५ मा प्रकाशित

पाँच दशकभन्दा लामो समयदेखि हिंसाको चपेटामा रुमलिएको अफगानिस्तानमा संघर्षरत मुख्य लडाकू समूह तालिबानले फेरि सशस्त्र संघर्षलाई तीव्र बनाउने घोषणा गरेको छ । तालिबानले जारी गरेको पछिल्लो वक्तव्यमा विदेशी फौज अफगानिस्तानमा रहेसम्म सशस्त्र संघर्ष गर्न आफ्ना लडाकूलाई आदेश दिइएको छ ।

अफगानिस्तानको बाघ्रामस्थित अमेरिकी हवाई अखडामा आत्मघाती बम आक्रमण गरी तीन अमेरिकी सैनिक सहित पाँच जनाको हत्या गरेको एक साता नबित्दै तालिबानले यस्तो वक्तव्य दिएको हो । अफगान शान्ति प्रक्रियाका बारेमा अमेरिकी पहलमा तालिबानसँग प्रत्यक्ष वार्ता भइरहेकै समयमा अमेरिकी सेनामाथि आक्रमण भएको छ ।

अफगानिस्तान सरकार र त्यहाँ तैनाथ विदेशी सेनाका विरुद्धमा सशस्त्र छापामार युद्ध गरिरहेका अफगानी तालिबान समूह, हक्कानी नेटवर्क र इस्लामिक स्टेट्ससमेतका दर्जनौं लडाकू समूहले चुनाव बहिस्कार गरेका थिए । अफगानिस्तान सरकारले यसपटक आफ्नै बलबुतामा चुनाव गराएको बताएको थियो । र चुनावमा करिब ४५ प्रतिशतले आफ्नो ज्यान जोखिममा राखेर मतदान पनि गरेका थिए ।

निर्वाचन आयोगका अनुसार राजधानी काबुल बाहेक अन्यत्र ज्यादै कम मतदान भएको थियो । शान्तिका मुख्य बाधक पक्षहरु नै चुनावमा सहभागी नभएको अवस्थामा जनतामा चुनावप्रति उत्साह होइन, निराशा छाएको थियो । चुनावकै दिनपनि १७० भन्दा बढी निर्दोष नागरिकको ज्यान जानुका साथै सुरक्षाफौजको ठूलो क्षति भएको थियो । अझ, चुनाव हुनुअघि १० जना उम्मेदवार मारिएका थिए ।

अफगानिस्तानको इतिहासमा नयाँ राष्ट्रपतिलाई प्रजातान्त्रिक विधिबाट सत्ता हस्तान्तरण भएको यो नै पहिलो घटना हो । अफगानिस्तानको भविष्य अझै अन्यौलग्रस्त अफगानिस्तानमा शान्ति, समृद्धि र स्थायित्वमा बाधक को बनिरहेको छ ? यो प्रश्नको अझै पनि उत्तर सहज छैन ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू