अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

यु–१९ एकदिवसीय विश्वकप क्रिकेट छनौट– नेपाल युएईसित १ रनले पराजित

बिआरटीनेपाल २०७५ चैत ३० गते ९:२१ मा प्रकाशित

आइसीसी यु–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपाल पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई) सित डकवर्थ लेविस (डीएल) पद्दतिका आधारमा १ रनले पराजित भएको हो ।

क्वालालम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा वर्षा बाधक बनेपछि नेपालले पराजय व्यहोरेको हो । नेपालले दिएको २४८ रनको लक्ष्यसहित युएईले जवाफी ब्याटिङ गरिरहँदा पानी परेपछि खेल रोकिएको थियो । त्यसपछि निरन्तर परेको वर्षाले खेल हुने सम्भावना सकिँदा खेलको निर्णय डीएलबाट गरिएको थियो ।

डीएलमा ३० ओभरमा जितका लागि १२२ रनको नयाँ लक्ष्य पाएपछि युएईले १ रनको जित निकालेको हो । वर्षाले खेल रोकिनुअघि युएईले ३० ओभरमा ३ विकेट गुमाएर १२२ रन जोडेको थियो । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभरमा अलआउट हुँदै २४७ रन बनाएको थियो । अब नेपालले तेस्रो खेलमा आयोजक मलेसियासँग अप्रील १५ मा खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू