अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१० | Colorodo: 07:25

अमेरिकाको मनोवृत्ति सही भए वार्ताका लागि तयार छु – किम जोङ–उन

बिआरटीनेपाल २०७५ चैत ३० गते ०:१९ मा प्रकाशित

उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकाको सही दृष्टिकोण वा मनोवृत्ति रहने भए आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तेस्रो वार्ताका लागि तयार हुने बताउनुभएको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले शनिबार नेता किमको भनाई सम्बन्धी खबर प्रसारण गरेको हो । वक्तव्यमा नेता किमले ट्रम्पले सम्झौताका आधारहरु पारदर्शी र आपसी रुपमा स्वीकार्य हुनु पर्ने उल्लेख गर्नुभयो ।

दुवै देशलाई हित हुने खालको मनसायसहितको वार्ताका लागि आफू तयार रहेको किमले बताउनुभएको छ । किम र ट्रम्पबिच पहिलो पटक गएको वर्षको सिंगापुरमा भेट भएको थियो ।

त्यसपछि गएको फेब्रुअरीमा हानोइमा भएको वार्तामा परमाणु निशस्त्रीकरणको प्रक्रियाका बारेमा सहमति नजुटेपछि वार्ता टुट्यो । उत्तर कोरियाले उसमाथिको सम्पूर्ण आर्थिक प्रतिबन्ध हटाइनु पर्ने बताएको दाबी ट्रम्पले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू