अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

नयाँ वर्षको दिन यी ६ काम किन गर्ने ?

बिआरटीनेपाल २०७५ चैत ३० गते ०:१४ मा प्रकाशित

भोलि विक्रम संवत २०७६ सालको पहिलो दिन । सबैको मनमा नयाँ हर्ष उमंग छाएको हुन्छ । सबैले आफ्नो घर परिवारसँगको सम्बन्ध राम्रो होस्, सबैमा खुसी छाओस्, नयाँ वर्षसँगै नयाँ काम गर्ने अवसर प्राप्त होस् भन्ने चाहना रहेको हुन्छ ।

नयाँ वर्षपहिलो दिन यी ६ काम गर्नुहोस्

–नयाँ वर्षको दिन आफ्नो घरमा भित्ता भत्किएको, प्वाल परेका, घरको झ्यालहरुमा लुकेरा रहेको जाले हटाउनुपर्छ । किनकी त्यस्ता सचजहरुले हाम्रो मनलाई प्रतिबिम्बित गर्ने भएकाले हटाएर रंगरोगन गर्नुपर्छ ।

(पूर्व दिशामा इन्द्रको प्रभाव पर्ने भएकाले यो दिशामा मेष, वृष र शुक्र ग्रहको प्रभाव रहेको हुन्छ । बच्चा सुत्ने कोठामा इन्द्रको प्रभावमा राख्ने भएकाले इन्द्रसँग जोडिएका कुराहरु जस्तै हात्ति, हिरा, क्रिस्टल वा सेतो रंगको घोडा राख्नुपर्छ ।

–घरको विशेष भाग भनेको भान्सा हो । त्यसकारण भान्सामा अग्नेय दिशा पूर्व दिशाको दक्षिणको कुनामा राख्नुपर्छ । यो खिशामा प्रज्वलित अग्निको तस्वीर प्रतिकको रुपमा आकृती लगाउनुपर्छ । यो दिशामा रंग लगाउँदा रातो, पहेँलो र सुन्तला रंग प्रयोग गर्न सकिन्छ । यदि तपाई अनिन्द्रा, छटपटीबाट ग्रसित हुनुभएको छ भने, दक्षिण दिशालाई सुधार्नुपर्छ । त्यसको लागि भित्तामा गाईको वा गोरुको चित्र राख्नुपर्छ ।

– तपाईको घरमा भूत प्रेत आउँछ वा नराम्रो सपनाहरु आएर साताइरहन्छ भने घरको दक्षिण दिशालाई सुधार गर्नुपर्छ । शनि तथा भूमि तत्वसँग स्थान हो । त्यसकारण भान्सा चाही मुख्य द्धार बनाउनुपर्छ । यो स्थानलाई शुभ बनाउन बैंगनी रंगको ठूलो सिंहको तस्वीर राख्नुपर्छ । शुक्र शयनकक्षसँग जोडिएको ग्रह भएकाले हल्का गुलाबी र हरियो रंग प्रयोग गर्नुपर्छ ।

–यदि तपाई आफ्नो परिवारमा टाढाको सम्बन्ध सुधार गर्न चाहनुहुन्छ भने उत्तर पश्चिम कोणलाई ठीक पार्नुपर्छ । यो स्थानको कारक मानिने चन्द्रमाको कारण कुनै चिज स्थिर रहँदैन् । त्यसकारण बाथरुम गेस्टरुम बनाउन सकिन्छ । यो स्थानमा अर्धचन्द्रमाकार चन्द्रको फोटो राख्नु लाभदायक हुन्छ । यो ठाउँमा टेलिफोन, मोबाइल राख्न ठाउँ बनाउन सकिन्छ । यो स्थानमा हल्का सिल्वर वा चाँदी रंग लगाउन सकिन्छ ।

–स्वास्थ्यमा समस्या आइरहने धनमा समस्या आउने जस्ता समस्याहरु आइरहन्छन भने घरको उत्तर दिशामा कुबेर वा वृहस्पतिको प्रभाव रहने गर्छ । त्यसकारण स्टोर, लाइब्रेरी अफिस वा अमुल्य सामान राख्नको लागि उचित हुन्छ । यो ठाउँमा आफ्ना पुर्खाहरुको तस्वीर राख्नुहुँदैन् । वृहस्पतिलाई खुसी राख्नको लागि पहेँलो रंगको प्रयोग गर्नु राम्रो हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू