अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५१ | Colorodo: 05:06

यू–१९ एक दिवसीय विश्वकप एशिया क्रिकेट छनोट प्रतियोगिता– नेपालको शानदार जित

बिआरटीनेपाल २०७५ चैत २९ गते १०:१५ मा प्रकाशित

मलेसियामा भइरहेको यू–१९ एक दिवसीय विश्वकप क्रिकेट एशिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले सिंगापुरलाई २१७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ । पहिले व्याटिङ गरेको नेपालले ४६ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २८२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वा्धिक ९५ रन बनाएका थिए ।

नेपालको तर्फबाट उत्कृष्ट व्याटिङ गर्ने क्रममा रासिद खानले ४८, पवन सरार्फले ४७, कमलसिंह ऐरीले ३१ तथा भिम सार्कीले २६ रन बनाएका थिए । बलिङतर्फ नेपालका पवन सरार्फले सर्वाधिक ३ तथा कुशल मल्ल र सूर्य तामाङले दुई–दुई विकेट लिए ।

२८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभरमा आफ्ना सवै विकेट गुमाउँदै जम्मा ६५ रनमा अलआउट भएको छ । सिंगापुरका लागि इशान सवानीले सर्वाधिक २८ र साई भेनगोपालले १८ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । खेलमा बलिङतर्फ सिंगापुरका अथर्भ गुनेले सर्वाधिक ४ विकेट लिएका थिए ।

प्रतिक्रिया