अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

महिला फुटबल टोली स्वदेश फिर्ता

बिआरटीनेपाल २०७५ चैत २८ गते १०:०७ मा प्रकाशित

टोकियो ओलम्पिक २०२० अन्तर्गत म्यानमारमा भएको महिला फुटबलको दोस्रो चरणको छनोट खेलमा सहभागी नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै टोलीका मुख्य प्रशिक्षक हरि खड्काले नजिता सोचे जस्तो नआएपनि टोलीको प्रदशनबाट आफु सन्तुष्ट रहेको बताउनुभयो ।

म्यानमारविरुद्ध टोलीले राम्रो प्रदर्शन गरेपनि रेफ्रीको गलत निर्णयले आफुहरु पछि परेको उहाको भनाई थियो । रेफ्रीको गलत निर्णयको कारण म्यानमारले पेनाल्टी मार्फत गोल गरेको थियो । भारतविरुद्ध टोलीले फितलो प्रदर्शन गरेको प्रशिक्षक खड्काले बताउनुभयो । टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारीले सोचे जस्तो प्रर्दशन गर्न नसकेको बताउनुभयो । भारतसँग बदला लिने अवसर भएपनि दोस्रो हाफमा आफुहरु कमजोर देखिएको बताउनुभएको छ ।

म्यानमारमा भएको छनोट खेलमा नेपालले आयोजक म्यानमार र भारतसँग समान ३–१ ले हार भोगेको नेपालले समुह चरणको अन्तिम खेलमा ईन्डोनेसियलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्य गर्दै घर फर्किएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू