अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२२ | Colorodo: 22:37

बोस्टनमा लायन्स क्लबको चार्टर नाइट सम्पन्न

बिआरटीनेपाल २०७५ चैत २७ गते ११:०६ मा प्रकाशित

सन् २०१० मा बोस्टनमा नेपालीहरूको संग्लग्नतामा स्थापित हिमालयन लायन्स क्लबले आफ्नो स्थापनाको नवौँ वार्षिकोत्सव मनाएको छ | झन्डै पचासको सङ्ख्यामा रहेका सदस्य र तिनका परिवार सदस्य अनि आमन्त्रित गरी एक सय भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा क्लबका गतिविधि प्रस्तुत गर्नुका साथै नयाँ कार्यसमितिको घोषणा गरिएको थियो | 

लायन्स क्लब इन्टर नेसनल ३३ के म्यासाचुसेट्सका जोन चेयर केन चियाको आतिथ्यमा आयोजित उक्त कार्यक्रममा चाइना टाउन लायन्स क्लबका फेनी चान् , बोनी कोकसहित क्लबका चार्टर प्रेसिडेन्ट महेश्वर पन्त , एसियन अमेरिकन कमिसनका कमिस्नर प्रल्हाद केसी, एनआरएन एनसिसि युएसएका बोर्डअफ डाइरेक्टर तृष्णा शर्मा , एनआरएन म्यासाचुसेट्सका च्याप्टरका अध्यक्ष विष्णु कार्की , पशुपति-बुद्ध फाउन्डेसनका चियर-पर्सन मिलन गुरुङ, एनडब्लुजीएनका अध्यक्ष शान्ति जोशीलगायतका आमन्त्रितले शुभकामना मन्तव्य व्यक्त गरेका थिए |

क्लबका अध्यक्ष राम थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा सचिव थानी रत्न कँडेलले प्रतिवेदन प्रस्तुत गरेका थिए भने क्लबका दितीय उपाध्यक्ष गोवर्धन पूजाले क्लबको गतिविधि सहित पाहुनाको स्वागत गरेका थिए | क्लबका नवनिर्वाचित अध्यक्ष पेशल रेग्मीले आफ्नो कार्यकालमा पुराना राम्रा कार्यलाई निरन्तरता र नयाँ राम्रो कार्यको थालनी गर्ने प्रतिबद्धता व्यक्त गरे |

क्लबले वार्षिक रूपमा नेपालको एउटा बिद्धालयलाई छनोट गरी १५ सय अमेरिकी डलर सहयोग गर्दै आएको छ भने रक्त दान , आँखा स्वस्थ शिविर , तिज कार्यक्रमलगायतका कार्य गर्दै आएको छ |

क्लबका भूतपूर्व अध्यक्ष विष्णु कार्कीको संयोजनमा गठित निर्वाचन समितिले घोषणा गरेको नव निर्वाचित कार्यसमितिमा अध्यक्ष पेशल रेग्मी , प्रथम उपाध्यक्ष गोवर्धन पूजा , दितीय उपाध्यक्ष सुशील नेपाल , सचिव तथा कोषाध्यक्ष थानी रत्न कँडेल , मेम्बर सेक्रेटरी विनोद उप्रेती रहेका छन् भने विभिन्न उपसमितिहरूमा महेश्वर पन्त, विनोद सुवेदी, राम धिताल, चन्द्रबहादुर मल्ल , अन्जु थापा , मान्ती शाह , दीपक पुरी , आशु राजभण्डारी छनोट भएका छन् |

नयाँ कार्यसमितिले आगामी जुलाईबाट कार्यभार ग्रहण गर्ने छ | 

(तस्बिर सौजन्य: विमल नेपाल)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू