अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४५ | Colorodo: 17:00

गायक सन्दीप न्यौपानेको “लालुमै” करोड क्लबमा (भिडियो सहित)

सूर्य चन्द २०७५ चैत २७ गते १०:५८ मा प्रकाशित

काठमाडौँ: चर्चित लोक गायक सन्दीप न्यौपानेको “लालुमै” करोड क्लबमा प्रवेश गरेको छ । केही समय अघि युट्युब मार्फत सार्वजनिक गरिएको लालुमै बोलको गीतले अत्यधिक दर्शकहरूको साथ पाउन सफल भएको छ । छोटो समयमा नै यस गीतलाई १ करोड भन्दा बेसी दर्शकहरूले हेरिसकेका छन् । चर्चित गायक तथा मोडल सन्दीप न्यौपाने र चर्चित लोक गायिका विष्णु माझीको सुमधुर स्वरमा रहेको यो गीतमा शिव हमालको शब्द तथा सङ्गीत छ भने गीतको एरेन्ज आशिष् अविरलले गरेका हुन् ।

नेपाली लोक दोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यस गीत अहिले सर्वाधिक चर्चामा रहेको छ । नेपाली साङ्गीतिक बजारमा छोटो समयमै यो गीतले यति धेरै दर्शक पाउँदा गीतको निर्माण पक्ष आफूलाई हौसला मिलेको बताउँछन् । लोक शैलीको म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा गायक न्यौपाने र मोडल सृष्टि खड्का नृत्य तथा अभिनय गरेका छन् ।