अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२३ | Colorodo: 21:38

पुर्व प्रधानन्याधीश केदारप्रसाद गिरीका छोरा अमेरिकामा पक्राउ

बिआरटीनेपाल २०७५ चैत २७ गते १०:२९ मा प्रकाशित

पुर्व प्रधान न्यायधिश केदारप्रसाद गिरीका छोरा सन्तोष गिरि अमेरिकामा पक्राउ पर्नुभएको छ ।क्यालिफोर्नियामा कन्सलटेन्सी फर्म सञ्चालन गदै आएका ४२ बर्षी सन्तोष गिरि र दुइ भारतीय मुलका नागरिकलाई नामोसिमेन्टीक नामक कन्सलटेनसी मार्फत कामदार सम्बन्धित ( आइवान टवान्टीनाइन ) नक्काली इमिग्रेसन पिटिसन गरेको आरोपमा पक्राउ परेका हुन् । तर, उनीहरु हाल धरौटिमा रिहा भैसकेको बुझिएको छ ।

गिरी सहित भारतीय मुलका ४९ बर्षीय किशोर दत्तपुरण र ४९ बषिर्य टेक्सासबासी कुमार अस्वपतिलाई युस डिस्ट्रीक्ट एटर्नीको कार्यालयले पक्राउ गरेको हो । घटनाको बारेमा होमल्याण्ड सेक्युरिटिले नै अनुसन्धान गरि कर्वाहीमा परेको उनीहरु हाल धरौटिमा रिहा भएका छन । उनीहरुको अर्को सुनुवाई मे १३ २०१९ मा हुने भएको छ ।

अमेरिकाको कानुन अनुसार उनीहरु दोषि ठहरिएमा भिषा फ्रड काउन्टको अपराधमा बढिमा १० बर्ष जेल र २ लाख ५० हजार डलर जरिवाना लाग्नेछ । त्यस्तै षडयन्त्रको दोषि ठहरिएमा ५ बर्षसम्म जेल र २ लाख ५० हजार डलर जरिमाना लाग्ने भएको होमल्याण्ड सेक्युरिटिले जनाएको छ ।

प्रतिक्रिया