अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५५ | Colorodo: 23:10

सरकारी चिकित्सकको आन्दोलन जारी, भोली आकस्मिक भेला आह्वान

बिआरटीनेपाल २०७५ चैत २७ गते १०:०७ मा प्रकाशित

सरकारले चिकित्सकहरुमाथि बल प्रयोग गरेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ । यसबारेमा छलफल गर्न र थप रणनिति बनाउन भन्दै चिकित्सकहरुको आकस्मिक भेला बोलाइएको छ । सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बन्द रहेको टिकट काउन्टर खुलाउन वीर अस्पतालमा प्रहरी प्रयोग गरेको भन्दै नेपाल चिकित्सक संघ आक्रोशित बनेको छ ।

भावी रणनीति तय गर्न भन्दै भोली भेला बोलाईएको हो । उपत्यकामा भएका सबै अस्पताल, मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिलाई भोलि २ बजे भेला बोलाइएको चिकित्सक संघका अध्यक्ष दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

चिकित्सकमाथि भएको धरपकडको निन्दा गर्दै संघले समायोजनसम्बन्धि समस्याको समाधान वार्ताबाटै खोज्न पनि सरकारलाई आग्रह गरेको छ । सम्वादलाई लत्याएर चिकित्सक पेशालाई नै मानमर्दन गर्ने गरी अभिव्यक्ति दिइएको, प्रहरी लगाएर धरपकड गर्दै चिकित्सकहरुलाई चिढ्याएको चिकित्सक संघको भनाइ छ ।

सरकारले चिकित्सकलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेपछि सरकारी चिकित्सकले गरेको आन्दोलनका कारण केही दिनयता सरकारी अस्पतालमा पुग्ने विरामीले भने सेवा पाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू