अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५२ | Colorodo: 18:07

सारजाहमा एभरेस्ट नेपाल कल्चरल ग्रुपको बेजोड प्रस्तुति

आर सि कोइराला २०७५ चैत २७ गते ८:५९ मा प्रकाशित

सारजाह, युएइ ।  चन्द्र सूर्य अङ्कित नेपालको राष्ट्रिय झन्डाका साथमा दौरा सुरुवाल ढाका टोपी साथै गुन्यु चोलीमा सजिएर कलाकार टोली स्टेजमा उक्लन्छन तब दशौँ हजार दर्शकको तालिको गडगडाहटबाट सम्मान पाउँदा नेपाली हुनुमा गौरबवनित महसुस गर्दछन्, यो दृश्य हालै युनाईटेड अरब इमिरेटको सारजाह सहरमा सम्पन्न अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०१९ को हो । मेला Sharjah heritage institute ले आयोजना गरेको थियो ।

युनाईटेड अरब इमिरेटको पर्यटकीय सहर सारजाहमा अप्रिल १ देखी २२ सम्म आयोजना हुने 17th International Folklore Festival को पहिलो हप्ताको मेलामा एभरेस्ट नेपाल कल्चरल ग्रुपले गौरवमय प्रदर्शन गरी नेपाल फर्केको छ ।

अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपाल सहित २५ राष्ट्रको सांस्कृतिक समूहले भाग लिएको त्यस मेलामा नेपालको तर्फबाट एभरेस्ट नेपाल कल्चरल ग्रुपले भाग लिएको थियो र ग्रुपका प्रमुख रामचन्द्र कोइरालाको नेतृत्व तथा ग्रुपका निर्देशक शीतल आचार्यको निर्देशनमा गएको थियो। टोलीले मेला अवधिभर नेपालको परम्परागत लोक संस्कृति झल्काउने प्रस्तुति प्रस्तुत गरेको थियो ।

अन्तर्राष्ट्रिय मेलमा ग्रुपले झ्यऊरे, तामाङ, झोडा, थाली, शेब्रु, कौरा, झगडा, गर्‍रा, मारुनी, धिमाल, यती, सोरठीका साथै दर्जनौँ नृत्यहरू प्रदर्शन गरिएको नृत्यहरूको निर्देशन वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र के सी गर्नु भएको थियो।

मेलामा ग्रुपका प्रमुख रामचन्द्र कोइरालाका साथै निर्देशक शीतल आचार्य, नृत्यतर्फ जोगेन्द्र के सी, रुपिन डङ्गोल, कृष्ण रेउले, उत्तम शर्मा, विवेक खड्का, प्रमिल रिजाल, अनिता अधिकारी, बिन्दु खड्का, शनि शाही, पुर्नी माया गुरुङ, सुजन बुढाथोकी, वाद्यवादन तथा गायक गायिका तर्फ वरिष्ठ वाध्यबादक धनेस्वोर तिवारी, वरिष्ठ लोक गायक राम प्रसाद पाण्डे, गायिका रिता बुढाथोकी भुजेल, तेज बहादुर गुरुङ (तेजेन्द्र) प्रदीप गुरुङ, अनिल सिंह थापाको साथै डेक प्रसाद अधिकारी (गोपल) सहभागी भएका थिए।
सोही अवसरमा एभरेस्ट नेपाल कल्चरल ग्रुपका निर्देशक शीतल आचार्यले सारजाह सरकारका उच्च पदाधिकरीहरु साथै उपस्थित सम्पूर्ण महानुभाव तथा कार्यक्रम आयोजकहरूसँग भेटी नेपालमा सांस्कृतिक पर्यटन प्रवर्धन गर्न सकिने बारे र भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बताउनु भयो।