अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

रङ्गशाला निर्माणको सहयोगार्थ दुबईमा ‘धुर्मुस सुन्तली साँझ’ हुने

बिआरटीनेपाल २०७५ चैत २७ गते ८:४७ मा प्रकाशित

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ । दुबई स्थित सम्पूर्ण सङ्घसंस्थाहरूको आयोजनामा चितवन समाजको संयोजनमा यही अप्रिल २६ तारिखका दिन कार्यक्रम हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले जानकारी दिएका छन् । 

ग्राण्ड एक्सेलसियर होटेल, बर दुबईमा आउँदो अप्रिल २६ मा हुने कार्यक्रममा धुर्मुस सुन्तली सहित अन्य चर्चित कलाकारहरूको समेत उपस्थिति रहने छ । धुर्मुसले सामाजिक सञ्जाल फेसबुक मार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबईमा रहेका नेपालीहरूलाई उपस्थितिका लागि अनुरोध समेत गरेका छन् । 

प्रतिक्रिया