अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२६ | Colorodo: 07:41

भारतद्वारा सिराहा जिल्लामा प्रसूति अस्पताल निर्माण

बिआरटीनेपाल २०७५ चैत २७ गते ८:४० मा प्रकाशित

नेपालका लागि भारतीय राजदूत महामहिम श्री मंजीव सिंह पुरीद्वारा २०७५ चैत्र २७ गते सिराहा जिल्लामा चन्द्र नारायण यादव मेमोरियल प्रसूति अस्पतालको उद्घाटन गरियो । राजनीतिक तथा सामुदायिक अगुवा एवम् भारत–नेपाल निकटका बहुसङ्ख्यक मित्रहरूका साथ नेपाली काँग्रेस केन्द्रीय समिति सदस्य, कोषाध्यक्ष तथा चन्द्र नारायण मेमोरियल ट्रस्टका अध्यक्ष सीता देवी यादवले उक्त उद्घाटन समारोहमा उपस्थिति थियो । 

सिराहा जिल्ला र यस वरिपरिका ५० गा.वि.सहरुका जनताहरूको मातृत्व तथा स्वास्थ्य सेवामा पहुँच प्रदान गर्न सकियोस् भन्ने हेतुले उक्त अस्पतालको निर्माण गरिएको छ । गुणस्तरीय मातृत्व तथा बाल स्वास्थ्यमा आधारित न-लाभ न-घाटा सिद्धान्त अन्तर्गत चन्द्र नारायण यादव मेमोरियल ट्रस्टद्वारा अस्पताल सञ्चालित छ । 

२५ सैयाहरु भएका्े यस नव निर्मित मातृत्व अस्पताल भवन भारतीय सरकारको रु २.६९ करोड अनुदान सहयोगमा निर्माण भएको हो । यस परियोजनामा चिकित्सकीय उपकरणहरू जस्तै अल्ट्रासाउण्ड, एक्स–रे, ब्लड बैङ्क, इमरजेन्सी, माइनर ओटी, ३ वटा डाक्टर कक्ष, १ वटा नर्स कक्ष, भण्डारण कक्ष, प्रशासन, लेखा शाखा र भुईँ तल्लामा शौचालय तथा आइसीयु, सीसीयु, र मेजर ओटी रहेका छन् । यस नव निर्मित संरचनाले सिराहा जिल्ला र यस वरिपरिका जिल्लाहरूका जनताहरूको मातृत्व तथा बाल स्वास्थ्य सेवामा सुधार प्रदान गर्नुका साथै मातृत्व तथा बाल मृत्युदर घटाउन सहयोग पुर्‍याउनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू