अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४९ | Colorodo: 17:04

आन्दोलनरत सरकारी चिकित्सक र सरकारबीच अनौपचारिक छलफल सुरु

बिआरटीनेपाल २०७५ चैत २६ गते १०:०६ मा प्रकाशित

आन्दोलनरत सरकारी चिकित्सक र सरकारबीच अनौपचारिक वार्ता सुरु भएको छ । आन्दोलनको पाँचौँ दिनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार दिउँसो वार्ता भएको हो । अनौपचारिक रूपमा भएको वार्तामा सरकारी चिकित्सक संघका अध्यक्ष डा. दीपेन्द्र पाण्डेले मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ र कर्मचारी प्रशासनका प्रमुख जनार्दन गुरागाइसँग अनौपचारिक छलफल गर्नुभएको हो ।

यसपालि आफूहरूका माग पूरा नभए अन्तिम विकल्पमा सरकारसमक्ष राजीनामा बुझाउने सरकारी चिकित्सक संघले यसअघि नै घोषणा गरिसकेको छ । यता सरकारले सरकारी चिकित्कहरूले सेवा वहिष्कार गर्दै राजीनामाको धम्की दिइरहे कारबाहीको चेतावनी दिएको छ । आफूहरूको माग पूरा नभए राजीनामा दिने घोषणा गरेको संघले हालसम्म ७ सय चिकित्सकहरूको राजीनामापत्र संकलन गरिसकेको संघका अध्यक्ष पाण्डेले बताउनुभएको छ । स्वास्थ्य मन्त्रालयमा भएको अनौपचारिक छलफलमा कुरा नमिलेपछि सामान्य प्रशासन मन्त्रालयमा छलफलको तयारी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू