अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१५ | Colorodo: 03:30

रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट लगायत सम्पूर्ण समिति निर्विरोध

विजय थापा २०७५ चैत २५ गते ११:२४ मा प्रकाशित

अमेरिकाको न्यु योर्क स्थित चर्चित गैर मुनाफा सामाजिक संस्था रिजवुड नेपाली समाजको अध्यक्षमा राजेश भट्ट निर्विरोध निर्वाचित भएका छन् । साथै सम्पूर्ण कार्यकारी समितिका पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

आज आइतबार अप्रिल ७ मा भएको निर्वाचनमा सबै पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् । पदाधिकारीहरू यस प्रकार रहेका छन् । अध्यक्षमा राजेश भट्ट ,उपाध्यक्षमा भुवनेश्वर अधिकारी, सचिवमा दीपक राज काफ्ले, सह सचिवमा गोपी प्रसाद ढुङ्गाना तथा कोषाध्यक्षमा सोमनाथ अधिकारी निर्वाचित भएका छन् ।

यसै गरी सदस्यहरूमा क्रमशः मोहन प्रसाद गौतम, यादव प्रसाद बास्तोला ,सुशील भुसाल, हरि बहादुर केसी, तुलसीराम आचार्य तथा चन्द्रिका भण्डारी पौडेल महिला सदस्यमा निर्वाचित भएका छन् । उक्त निर्वाचनको परिणाम निर्वाचन अधिकृत कुमार प्रसाद तिमिल्सिनाले अप्रिल ७ का दिन सार्वजनिक गरेका हुन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू