अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४८ | Colorodo: 15:03

विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाईयो

बिआरटीनेपाल २०७५ चैत २४ गते १०:२० मा प्रकाशित

विश्व स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । हरेक वर्ष अप्रिल ७ का दिन मनाइने दिवसको अवसरमा यो वर्ष ‘विश्वव्यापी स्वास्थ्य सेवा –  सबैका लागि, सबैतिर’ भन्ने नारा तय गरिएको छ । दिवसकै सन्दर्भमा विश्व स्वास्थ्य संगठनले राजधानीको वसन्तपुरमा हस्ताक्षर संकलन एवं चित्रकला प्रदर्शनी गरेको छ ।

स्वास्थ्य सेवामा सर्वप्यापी पहुँचको लक्ष्य हासिल गर्न माग गर्दै संकलित हस्ताक्षर र चित्रकला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाइने आयोजक संस्थाको तयारी छ । विश्व स्वास्थ्य संगठनले दक्षिण एसियाली मुलुकमा करिब ८० करोड जनसंख्या अझै पनि अत्यावश्यक स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित रहेको तथ्यांक सार्वजनिक गरेको छ । संगठनले आम्दानीको अधिकांश हिस्सा औषधीमूलो मै खर्च हुँदा ६ करोड ५० लाख जनसंख्या गरिवीको रेखामा रहेको जनाएको छ ।

स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएर पनि अझै सवैको पहुँचमा पुग्न सकेको छैन । स्वास्थ्य सेवालाई सर्वव्यापी र सर्वसुलभ बनाउने जोड दिँदै विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । स्वास्थ्य सेवालाई सर्वसुलभ र पहुँचयोग्य बनाउन पहल भइरहे पनि ती पर्याप्त नरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वको आधा जनसंख्याले अझै पनि आवश्यक पर्ने स्वास्थ्य सेवा पाउन सकेको छैन । हरेक वर्ष स्वास्थ्यका लागि प्याकेज बजेटको व्यवस्था नहुँदा विश्वका १० करोड मानिस गरिबीको अवस्थामा पुग्ने गरेका छन् । नेपालमा पनि हरेक वर्ष सामान्य औषधि अभावका कारण अकालमा धेरैको ज्यान जाने गरेको छ ।

सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने बताए पनि अझै पनि ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्था र औषधिको अभाव छ । संविधानमा स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा राखिएको छ । यसलाई सम्बोधन गर्न स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ, तर यो कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू