अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१६ | Colorodo: 22:31

टि सिरिजमा पहिलो पटक नेपाली ब्यान्ड ( भिडियो )

बिआरटीनेपाल २०७५ चैत २४ गते १०:०० मा प्रकाशित

भक्ति सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल नेपाली ब्यान्ड सत्याकृतको गीत ‘जय देवी जय’ पहिलो पटक चर्चित भारतीय सङ्गीत कम्पनी टि सिरिज मार्फत सार्वजनिक भएको छ ।  ‘जय देवी’ एलबममा समावेश सकल्यदेवको शब्दमा प्रजित लामाको सङ्गीत तथा स्वर रहेको उक्त गीतको भिडियो सकल्यदेवले निर्देशन गरेका हुन् । 

स्थापनाको छोटो समयमा नै नेपाली सङ्गीतको क्षेत्रमा सत्याकृत ब्याण्डले आफ्नो दरिलो उपस्थिति जनाउँदै आएको छ। देश तथा विदेशमा हुने विभिन्न साङ्गीतिक कार्यक्रममा भक्ति सङ्गीत प्रस्तुत गर्दै आएको सत्याकृत ब्याण्डको यो फड्कोले नेपाली सङ्गीतको उचाइ अझै बढाएको छ ।

प्रतिक्रिया