अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

माया त लाउने हो बोलको गीतको भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७५ चैत २४ गते ९:४६ मा प्रकाशित

शंकरलाल श्रेष्ठको स्वरमा ‘माया त लाउने हो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमबिच भिडियो प्रिमियर गर्दै सार्वजजिक गरिएको हो । भिडियो सेलिब्रेटी नेपालको अफिसियल युट्युब च्यानलमा हेर्न सकिनेछ । सार्वजनिक गीतमा नेपाली चलचित्रका पुराना निर्देशक दयाराम दाहालको शब्द तथा सङ्गीत छ । चर्चित अभिनेता दिलीप रायमाझी र अभिनेत्री मरिष्का पोखरेलले भिडियोमा अभिनय गरेका छन् । नृत्यमा पोख्त अभिनेता दिलीप र पछिल्लो समय ‘सालको पात टपरी’ बोलको गीतबाट चर्चामा आएकी अभिनेत्री मरिष्काको केमेष्ट्रि भिडियोमा गज्जबको देखिएको छ । 

गायक शंकरलालको यो दोस्रो गीत हो । २०५४ सालमा पहिलो गीत गाएको बताउँदै विशेष कारणले धेरै वर्ष गीतसङ्गीतबाट टाढा रहेपनि आउँदा दिनमा गीतसङ्गीतलाई निरन्तरता दिने गायक शंकरलालले बताए । त्यस्तै अभिनेत्री मरिष्काले आफूले सानै देखी अभिनेता दिलीपको चलचित्र हेर्ने, गीतमा नृत्य गर्ने गरेको स्मरण गर्दै सँगै काम गर्न पाएकोमा सुखी व्यक्त गरिन् । निर्देशक तथा कोरियोग्राफर लिगेश भट्टराईले भिडियोलाई सक्दो राम्रो बनाउने प्रयास गरेको बताए । भिडियो प्रिमियरमा अभिनेता दिलीप भने उपस्थित थिएनन् ।

प्रिमियरमा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाले बधाई तथा शुभकामना दिँदै आफूले पहिलोचोटी म्युजिक भिडियो निर्माण गर्दाको स्मरण सुनाए । ‘पहिलो पटक अभिनेता भुवन केसीको गीतको भिडियो बनाउँदा मैले धेरै गाली खाएको थिए’ शम्भुजितले भने, ‘आज त्यही भिडियोको स्वरूपले व्यापकता लिएकोमा खुसी छु ।’ भिडियो सार्वजनिक कार्यक्रममा अभिनेता कृष्ण मल्ल, कलाकार रविन्द्र खड्का लगायतले शुभकामना दिएका थिए । 

काभ्रेको रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोलाई रामकुमार केसीले छायाङ्कन गरेका हुन् भने कुशल शर्माले भिडियोको सम्पादन गरेका हुन् । भिडियोलाई सेलिब्रेटी नेपालले निर्माण गरेको हो ।

प्रतिक्रिया