अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२८ | Colorodo: 00:43

नियात्रा लेखनमा घनश्याम राजकर्णिकारको चर्चा

बिआरटीनेपाल २०७५ चैत २३ गते १०:२२ मा प्रकाशित

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर अन्तर्गत नियात्रा महिला समितिले “नियात्रा उत्सव” कार्यक्रमको आज राजधानीमा आयोजना गर्‍यो । 

सो कार्यक्रमको उद्घाटन वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले गर्नु भयो । कार्यक्रमको उद्देश्य र महत्त्वमाथि अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले उल्लेख गर्नु भयो । समितिका संयोजक सरु सुवेदीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारको नियात्रा लेखनबारे वरिष्ठ साहित्यकार प्रमोद प्रधान र प्राडा. कृष्णप्रसाद दाहालले चर्चा गर्नु भयो ।

सो कार्यक्रममा वरिष्ठ नियात्राकार राजकर्णिकारले आफ्नो नियात्रा लेखनबारे चर्चा गर्नु भयो । समितिका सदस्य सचिव रज्जु दहालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा साहित्यकारहरू गोपाल पराजुली, नरेन्द्रराज पौडेल, रामप्रसाद पन्त, इल्या भट्टराई, त्रिभुवन चन्द वाग्ले, राधिका गुरागाई, सरिता अर्याल, बुनु दाहाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू