अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०४ | Colorodo: 19:19

ओलम्पिक महिला फुटबल छनोट अन्तर्गतको खेलमा नेपाल भारतसँग पराजित

बिआरटीनेपाल २०७५ चैत २३ गते ९:३६ मा प्रकाशित

म्यानमारमा जारी ओलम्पिक महिला फुटबल छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आज भएको खेलमा नेपाल भारतसँग ३–१ गोल अन्तरले पराजित भयो । मण्डलारथिरी स्टेडियममा भारतलाई जित दिलाइन सन्जु, सन्ध्या र अशलता देवीले एक एक गोल गरे ।

नेपालकी कप्तान निरु थापाले एक गोल फर्काउनुभयो । भारतविरुद्ध पहिलो हाफमा १–१ गोलको बराबरी खेलेपनि नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो । भारतसँग पराजित भएसँगै समूह ‘बी’ को नेपाल दोस्रो चरणको छनोटबाटै बाहिरिएको छ । नेपालले दुई खेलमा अंक जोड्न सकेको छैन । अब नेपालले मंगलबार अन्तिम खेलमा इन्डोनेसियासँग खेल्ने छ ।

प्रतिक्रिया