अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

संघीय सरकारको मातहत राख्न माग गर्दै सरकारी चिकित्सकहरु आन्दोलनमा

बिआरटीनेपाल २०७५ चैत २२ गते १०:२३ मा प्रकाशित

सरकारी चिकित्सकहरुले आजदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिस्कार गरेका छन् । आफूहरूलाई संघीय सरकारको मातहत राख्न माग गर्दै उनीहरुले आन्दोलन गरेका हुन् । सरकारी चिकित्सकहरुले हावाहुरीबाट प्रभावित बारा र पर्सा बाहेकका सबै जिल्लाको स्वास्थ्य सेवा बहिस्कार गरेका हुन् ।

सरकारले सरकारी चिकित्सकलाई निजामती कर्मचारीजस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि उनीहरू आन्दोलित भएका हुन् । सरकारी चिकित्सक संघले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुनेगरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग गरेको छ । माग पूरा नभएसम्म चिकित्सा सेवा बहिस्कार गर्ने संघले चेतावनी दिएको छ । मुलुकभर हाल करिब १४ सय सरकारी चिकित्सक रहेका छन् ।

सरकारी चिकित्सकलाई अवैज्ञानिक र असमान समायोजन गरी स्थानीय तहमा कनिष्ठ कर्मचारी मातहत राख्ने व्यवस्था गरेको, अध्ययन तथा वृत्ति विकासमा अप्रत्यक्ष अवरोध सिर्जना गरिएको आरोप संघले लगाएको छ । सरकारी चिकित्सकले समायोजनपत्र नबुझ्ने समेत अडान लिएका छन् । चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघले पनि सरकारी चिकित्सक संघको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू