अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०७ | Colorodo: 11:22

महेश थापाको नविनतम कृति ’मरीचिका’ सार्वजनिक

बिआरटीनेपाल २०७५ चैत २२ गते १०:०९ मा प्रकाशित

साहित्यकार महेश थापाको नविनतम कृति ’मरीचिका’ सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमासो पुस्तक सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले ’मरीचिका’ पुस्तकमा समेटिएका विषयवस्तु र शब्द शिल्पले आफूलाई आकर्षित गरेको बताउनुभयो ।

लामो समयदेखि मोटरन्यूरोन रोगबाट शारीरिक रुपमा अशक्त थापाले नेपाली साहित्यमा गरेको योगदानले आफूलाई हर्षित तुल्याएको प्रधानमन्त्री ओलीको भनाई थियो । कृति सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लेखक थापालाई कुनै सहयोग गर्नु परेको खण्डमा आफू सदैव तयार रहेको बताउनुभयो ।

कार्यक्रममा स्रष्ठा र सिर्जनाका बारेमा अभय श्रेष्ठ, डा. सरोज धिताल र कथाकार तथा प्राज्ञ माया ठकुरीले बोल्नुभएको थियो । हिमाल साप्ताहिकका स्तम्भकारका रुपमा परिचित थापाको यो दोस्रो कृति हो। कृतिमा सोह्रवटा कथा समेटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू