अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

अमेरिकामा नेपाली मूलका तेक्वान्दो खेलाडीहरूलाई २० वटा पदक

विजय थापा २०७५ चैत २० गते २३:१७ मा प्रकाशित

एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो मोडल एकेडेमी अफ च्याम्पियन ट्रफीद्वारा सम्मानित

डिसी, अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन सहरमा गत मार्च ३० तारिखका दिन सम्पन्न वार्षिक राष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा नेपाली मूलका खेलाडीहरूलाई ६ वटा स्वर्ण पदक, ७ वटा कांस्य तथा ७ वटा रजत पदक सहित कुल २० वटा पदक प्राप्त भएको छ । उक्त प्रतियोगितामा एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकेडेमी का विदेशी खेलाडीहरू सहितले ४८ वटा पदक प्राप्त गर्न सफल भएका छन् । 

प्रतियोगितामा बाल्टिमोरस्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकेडेमीलाई महिला कालो फित्ताधारी समूहमा ग्रान्ड च्याम्पियन(सर्बोकृष्ट)विजेता पदक सहित मोडल एकेडेमी अफ च्याम्पियन ट्रफी द्वारा सम्मान गरिएको छ ।

प्रतियोगितामा बाल्टिमोरस्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकेडेमीको तर्फबाट नेपाली मूलका तथा विदेशी खेलाडीहरू गरी जम्मा २५ जनाले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा स्पारिङ्ग तथा पुम्सेमा नेपाली मूलका १० जना खेलाडीले प्रतिस्प्रद्धामा भाग लिएका थिए ।

यसै गरी पेनसेल्भेनिया स्थित नेपालीद्वारा सञ्चालित हिमालय ते क्वान्दो टोली टिम विजेता (टिम च्याम्पियन ) बनेको छ । उक्त प्रतियोगितामा अमेरिकाका विभिन्न राज्यहरूबाट आएका करिब ५ सय खेलाडीहरूको सहभागिता रहेको थियो भने अभिभावक तथा दर्शक गरी करिब २ हजार जनाको उपस्थिति रहेको थियो । 

मास्टर एच के ली एकेडेमी अफ तेक्वान्दोले आयोजना गरेको प्रतियोगिता अमेरिकाको पूर्वी क्षेत्रमा हुने प्रतियोगितामा सबैभन्दा ठुलो प्रतिस्प्रद्धाको रूपमा चिनिन्छ । उक्त कार्यक्रममा औपचारिक कार्यक्रममा हर्नडन नगर परिषद्का परिषद् सदस्य प्रदीप ढकालले पनि मन्तव्य राखेका थिए ।

तेक्वान्दो २०१९ वार्षिक नेसनल क्यापिटोल ओपन प्रतियोगितामा नेपालबाट आएकी तेक्वान्दो खेलाडी ज्ञानी चुनाराले दुई स्वर्ण पदक जितेकी छिन् । यसै गरी नेपाली मूलका खेलाडीहरूमा कृशा कार्कीले स्पारिंग (भिडन्त) तथा पुम्सेमा गरी दुई स्वर्ण पदक प्राप्त गरेकी छिन् ।

उक्त प्रतियोगितामा एलेन शाही स्पारिंगमा प्रथम पुम्सेमा तेस्रो; रुपेश श्रेष्ठ स्पारिंगमा प्रथम, पुम्सेमा तेस्रो; रोशन भण्डारी स्पारिंगमा द्वितीय र पुम्सेमा तृतीय; रीतिका ढकाल स्पारिंगमा द्वितीय ,सुप्रिम शाह स्परिंगमा दोस्रो तथा पुम्सेमा तृतीय; रोबिन उप्रेती स्पारिंगमा दोस्रो र पुम्सेमा तेस्रो तथा क्याटरिना आचार्य स्पारिंगमा द्वितीय तथा पुम्सेमा तृतीय भएका छन् । 

उक्त एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकेडेमीका प्रशिक्षकहरूमा कल्पना कार्की ,निरु कायस्त र टोली प्रमुखमा कुमार कार्की रहेका थिए ।

उक्त प्रतियोगितामा नेपाली मूलका निर्णायक तथा रेफ्री( खेल पञ्च) हरूमा क्रमशः मास्टर एच के ली एकेडेमी का मुख्य प्रशिक्षक मास्टर कृष्ण बलाल, एभरेस्ट वर्ल्ड क्लास ते क्वान्दो बाल्टिमोरका संस्थापक द्वय मास्टर कुमार कार्की तथा मास्टर कल्पना कार्की, मास्टर दिनेश श्रेष्ठ, मास्टर राम चन्द्र केसी, मास्टर कृष्ण मुरारी, मास्टर पूर्ण आचार्य, मास्टर ज्ञानी चुनारा, मास्टर यान कुमारी चौलागाई, प्रशिक्षक टिका ढुङ्गाना, प्रशिक्षक प्रकाश ढुङ्गाना, प्रशिक्षक नकुल शर्मा, प्रशिक्षक डेक दर्जी तथा प्रशिक्षक भीम गुरुङ रहेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू