अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 12:17

अरोरा नेपाली पाठशाला सम्बन्धी सूचना

बिआरटीनेपाल २०७५ चैत १३ गते २३:३५ मा प्रकाशित

१) अरोरामा बालबच्चाहरूलाई नेपाली बोल्न, पढ्न र लेख्न सिकाउने उद्देश्यले पहिलो सेसन यही मे पहिलो शनिवारदेखि अक्टोबर महिनाको अन्तिम शनिवारसम्म हरेक हप्ता नेपाली पाठशाला सञ्चालन गर्ने निर्णय भएको छ ।
२) पाठशाला पोर्च चर्च (19401 E Chenango Dr, Centennial, CO 80015) मा सञ्चालन गरिने छ ।

३) पाठशाला दुई समूहमा सञ्चालन गरिने छ सो अनुरूप पहिलो समूहमा ५ देखि १० वर्ष उमेरका बच्चाहरू र दोस्रो समूहमा १० वर्षदेखि माथिका केटाकेटीहरू समावेश गरिने छ ।
४) दुई समूहका लागि दुई जना र अतिरिक्त दुई गरी ४ जना शिक्षक/शिक्षिकाहरू आवश्यक भएकोले औरोर निवासी कुनै नेपाली (सकभर महिला शिक्षिका) इच्छुक महानुभावहरूले यही मार्च ३०, २०१९ सम्ममा सम्पर्क राख्नु हुन अनुरोध गरिन्छ ।
५) शिक्षक शिक्षिकाहरूलाई ग्यास खर्चबापत केही रकम प्रदान गर्ने निर्णय भएको छ । यसको अतिरिक्त शिक्षक/शिक्षिकाहरूलाई सम्मान पत्र र प्रशंसा पत्र प्रदान गरिने छ ।

६) पाठशाला नियमित र प्रभावकारी ढङ्गले सञ्चालन गर्न निम्नलिखित ७ सदस्यीय व्यवस्थापन समिति गठन भएको छ :
क) राजेन्द्र सिग्देल
ख) शैलेश पोखरेल
ग) अर्जुन बगाले
घ) योगराज गौतम
ङ) पदम विश्वकर्मा
च) गङ्गा चौलागाई
छ) कपिल सुबेदी

७) रजिस्ट्रेसन तथा मासिक शुल्क : पाठ्य सामग्री, स्टेशनरी लगायत अन्य अत्यावश्यक सामग्रीहरू खरिद गर्न सहयोग पुग्ने उद्देश्यले प्रति विद्यार्थी प्रति सेसन रजिस्ट्रेसन शुल्क बापत २५ डलर लिने र मासिक शुल्क १० डलर लिने ।

८) यातायातका कारण बच्चाहरू ल्याउन नसक्नेहरूका लागि कार पुल गर्ने व्यवस्था गरिने छ ।
९) व्यवस्थापन समूह र अभिभावकहरूसँग नियमित सम्पर्क गर्न फेसबुक पेज सञ्चालन गरिनेछ ।
१०) यस प्रकारको नेपाली कक्षा आगामी वर्षहरू पनि सञ्चालन गरिने छ । 

प्रतिक्रिया